गुल्मीमा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका ५२ वटा हतियार प्रहरीको कब्जामा

वैशाख २५, गुल्मीः गुल्मीमा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका ५२ वटा हतियार प्रहरीमा जम्मा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले चैत मसान्तसम्म हतियार बुझाउन आग्रह गरे पनि हतियार बुझाउन अटेर गरेपछि गुल्मी प्रहरी हतियार खोज्ने कार्यलाई तिव्रता दिएको थियो ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले दर्ता भएका हतियारहरुलाई चैत मसान्तसम्म अनिवार्य बुझाउन भन्दै एक सूचना जारी गरेको थियो । प्रशासनले जारी गरेको सूचनालाई अटेरी गर्दै हतियार नबुझाए पछि गुल्मी प्रहरी हतियार खोज्न गाउँगाउँमा लागेको र दर्ता भएका सबै हतियारहरु जम्मा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएका ५२ वटा हात हतियारहरु मध्ये प्रशासनले जारी गरेको सूचनाको समय अवधि सम्म जम्मा ६ वटा मात्र हतियार जम्मा भएका थिए ।
दर्ता भएका हातहतियार बुझाउन अटेर गरेपछि प्रहरी लगाएरै गाउँगाउँबाट हतियार खोज्ने अभियान ल्याइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
जम्मा भएका ५२ हतियारहरु मध्ये प्राय एकनाले भरुवा बन्दुक रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हातहतियारहरु मध्ये अधिकांश भरुवा बन्दुक नै रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर