धुर्कोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पोखरेल र उपाध्यक्षमा एमालेकि गिरी बिजयी
सोमबार, जेठ ०१, २०७९
मा प्रकाशित
जेठ २, गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत मुना पौडेलका अनुसार निर्वाचित पोखरेल ६ हजार ८९ मत ल्याएर गाउँपालिका अध्यक्षमा बिजयी भएका हुन् । त्यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याएर पराजित भएका छन् ।
धुर्कोट गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी बिजयी भएकी छिन् ।गिरीले ६ हजार १ मत ल्याएकि छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याएर पराजित भएका छन् ।