गुल्मीको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

जेठ ०३, गुल्मी– गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा ४ हजार ८१० मत ल्याएर विजयी भएका छन् । थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी ४ हजार ४८४ मत ल्याएर विजयी भइन् । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत ल्याइन् ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ३ वटा वडामा नेकपा एमाले, ३ वटा कांग्रेस र एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

जिल्लाका १२ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहको मतगणना सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर