गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

जेठ ४, गुल्मी:- गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । जसअनुसार नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा एमालेले तीनवटा पालिकाको प्रमुख जितेको छ ।

चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने दुईवटा स्थानीय तहमा नेपाली कांग्रेसले उपप्रमुख जितेको हो । नेपाली कांग्रेस विजयी भएका स्थानीय तहमा रेसुंगा नगरपालिका, गुल्मीदरबार, मदाने, इस्मा र कालीगण्डकी गाउँपालिका रहेका छन् ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

माओवादी केन्द्र चन्द्रकोट, धुर्कोट, मालिका र रुरुक्षेत्र गाउँपालिकामा विजयी भएको छ । एमाले निर्वाचित भएका स्थानीय तह छत्रकोट र सत्यती गाउँपालिका तथा मुसिकोट नगरपालिका रहेका छन् ।
कांग्रेसले चन्द्रकोट र मालिकामा उपप्रमुख जितेको छ भने एमालेले मदाने, धुर्कोट, कालीगण्डकी र रुरुक्षेत्र गाउँपालिकामा उपप्रमुख जितेको छ ।

गुल्मीका ९३ वडामध्ये कांग्रेसले ४७ वडाध्यक्ष जितेको छ । एमालेले ४० वडाध्यक्ष जित्दा माओवादी केन्द्रले चार वडाध्यक्ष जित्न सफल भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र उम्मेदवारले एक–एक वडाध्यक्ष पद जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय