जेठ ०५, गुल्मी – युवा संग सुमन देशव्यापी अन्तरक्रिया अभियान, कार्यक्रम बुद्धजयन्तीको अवसरमा गुल्मीमा गरिएको छ । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले वर्तमान अवस्थामा खलवलिएको राष्ट्र, राष्ट्रियता र नेपाली एकता कायम गर्न युवामा असल, कुसल र विशाल अर्थात सुमन भएमा सम्भव भएको बताउनुभयो । वर्तमान अवस्थामा युवाहरुमा घढ्दै गएको राष्ट्र, राष्ट्रियता र नेपाली एकता प्रतिको दायित्वलाई यो अभियानले युवाहरुलाई राष्ट्रभक्ति बनाउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति युवा संग सुमन देशव्यापि महा अभियानका संस्थापक अध्यक्ष सुमन पाण्डेले युवा संग सुमन र आफ्नो नाम सुमन संयोगले पर्न गएको बताउँदै यदी युवा संग कुसल, असल र विशाल मन भएमा देशको करिब ५० प्रतिशत युवा जनशक्तिलाई रुपान्तरण गरि वर्तमान अवस्थामा खलवलिएको राष्ट्र, राष्ट्रियता र नेपाली एकता कायम गर्न सम्भव हुने बताउनुभयो । दैनिक रुपमा बढ्दै गएको भ्रष्ट्रचार, कुशासन, सामाजिक विकास, खबरदारी सिप मुलक, ज्ञान अभिवृद्धीमा युवा एकता र सहकार्य गर्दै व्यक्तित्व विकास गर्न विशुद्ध गैर राजनितिक भेलाको युवा संग सुमन देशव्यापी अन्र्तक्रिया अभियानको आयोजना गरिएको हो ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
जनताले जनप्रतिनिधि तोकि सकेको अवस्थामा हामी जनताका माग पुरा गराउन खबरदारी गरी दिगो विकासको पहरेदार बन्न इछुक सम्पुर्ण राष्ट्र भक्तियुवा युवाहरुलाई युवा संग सुमन महा अभियानमा जोडिन आवाह गर्नुभएको छ ।
नवप्रर्वतनकारी, ज्ञान, सिपयुक्त, शिर्जनशिल युवाको जागर. समृद्धीको आधार भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको थियो । कार्यक्रमको विशेष अतिथि समाजसेवी रामप्रसाद पन्थी, कार्यक्रमको संचालक विष्णु पाण्डेले गर्नुभएको थियो ।
युवा संग सुमन देशव्यापी महाअभियान अन्र्तगत गुल्मी जिल्ला संयोजक डा.मदन भण्डारी र सहसंयोजक मदन भण्डारीको नेतृत्वमा ६१ सदस्य समिति निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिकाको संयोजक बादल काजी श्रेष्ठले गर्नुभएको छ । यस अभियानलाई जिल्लाका १२ वटै स्थानीय तहमा संचालन गरिने बताइएको छ ।