गुल्मी– गुल्मी वाणिज्य संघ गुल्मीले चौथो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । शुक्रवार उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरि महोत्सवको आम्दानी खर्च सार्वजनिक गरेको हो । 

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

गत चैत्र २५ गते देखि वैशाख ०६ गते सम्म चौथो गुल्मी महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवमा ३२ लाख ९२ हजार ६ सय १० रुपैयाँ  टिकट बिक्रीबाट आम्दानी भएको गुल्मी उद्योग वाणिज्य संघ जनाएको छ । त्यस्तै बाल उद्यान १२ लाख ५० हजार रुपैयाँ ,स्टल बिक्री २८ लाख ५० हजार रुपैयाँ , प्रयोजकबाट ९ लाख गरि कुल ८२ लाख ९२ हजार ६ सय १० रुपैयाँ ८२ लाख ९२ हजार ६ सय १० रुपैयाँ आम्दानी भएको छ । 

मेला व्यवस्थापनमा १९ लाख ५ हजार ८ सय ४५ रुपैयाँ, मन्च व्यवस्थापनमा ३ लाख २५ हजार रुपैयाँ ,सचिवालय व्यवस्थापनमा १ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ  खर्च  भएको आयोजकले जनाएको छ । त्यस्तै चौथो गुल्मी महोत्सवमा मायाको चिनो र फ्रेममा ३ लाख १७ हजार ५ सय रुपैयाँ ,विद्युत व्यवस्थापनमा ४५ हजार , सुरक्षा व्यवस्थापनमा ५ लाख ५० हजार रुपैयाँ , यातायात ट्राफिक तथा इन्धनमा १ लाख ७६ हजार रुपैयाँ , स्टल निर्माणमा ९ लाख ९५ हजार ७ सय ९६ रुपैयाँ  खर्च भएको  गरिएको छ ।  त्यस्तै विभिन्न शीर्षकमा गरेर कुल ६१ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च भएको गुल्मी उद्योग वाणिज्य सघ गुल्मीका उपाध्यक्ष राम प्रसाद पन्थीले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर