गुल्मी । स्थानीय तहकाे निर्वाचनपछि जनप्रतिनिधिहरु आफ्नो पालिकाकाे विकासे ढाँचा कस्तो बनाउने भन्नेमा व्यस्त छन् । चुनावि प्रतिबद्धता एकातिर छन् भने सिमित साधन-स्रोतले विकासका अधिकतम कामलाई अगाडि बढाउनु पर्ने बाध्यता छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का निर्वाचित जनप्रतिनिधिहरु जिम्मेवी सम्हालेसँगै क्रियाशिल बनेका छन । मुख्यतया बिजुली र सडकप्रति गम्भिर बनेका यहाँका जनप्रतिनिधिहरु आफै बिजुलीका पाेलहरुमा चढेर बिजुली नियमित गर्न लागि परेका छन् भने सडकलाई बर्खामासमा पनि चलाउन मिल्ने गरि काम शुरु गरेएका छन् ।
‘रुरुक्षेत्र १ भट्कुवा गाउँकाे सडकमा छिटै गिट्टी विछाउने कामसँगै नालि काट्ने काम पनि शुरु हुन्छ ।’ रुरुक्षेत्र १ भट्कुवाबाट प्रतिनिधित्व गर्ने वडा सदस्य शुसिल श्रेष्ठले भने। समृद्ध रुरुक्षेत्र १ निर्माणका लागि च्यूरेक, भट्कुवा रातामाटा बिरुवा क्षेत्रमा माटाे परिक्षणलाई प्राथमिकतामा राखेर कुन उत्पादन कहाँ उपयुक्त छ यसका आवश्यक व्यवस्थापन मिलाउने वडाध्यक्ष नवराज विकले बताए । रुरुक्षेत्र गाउँ पालिकाकाे भट्कुवाकाे उपल्लो क्षेत्रमा अकबरे खुर्सानीसँगै क्याप्सिकमकाे सम्भावना रहेकाे र वडा न १ काे च्यूरेकमा लिचिलाई व्यवस्थित गर्ने, कालाे अँगुर कागति खेतिका लागि किसानलाई उत्प्रेरित गर्ने लक्ष रहेकाे छ । भट्कुवाकाे ठाडाेखाेला मस्यौदी एक्लेपिपल र सातमुरे क्षेत्रमा किसानहरुलाई अनुदानमा माछापालनकाे काम शुरुवात गरिएकाे बताईएकाे छ ।
भट्कुवाकाेठाडाखाेला, बर्दिवास, मस्यौदि, सातमुरे, कुजु र गाउँकाे तल्लाे भेगसँगै च्यूरेककाे चितपाने, जिमिरखर्क बुढाआँप ठाडाबाट अम्लपाटा क्षेत्रमा बाख्रापालनलाई प्राथमिकतामा राखि काम शुरु गरिने भएकाे छ ।
रुरुक्षेत्र गाउँपालिक १ पवित्र रुरुधाम रहेकाे क्षेत्र हुनाले पनि धार्मिक पर्यटनकाे प्रयाप्त सम्भावना भएकाे क्षेत्र हाे । यसक्षेत्रमा करिब निर्माण सम्पन्न भएकाे तिनमुखे पुल, पौराणिक ऋषिकेश मन्दिर गलफुल गुफा, अचम्मेश्वर गुफा लगाएत रुद्रवेणि सम्मकाे क्षेत्रलाई समेटर धार्मिक पर्यटनकाे विकास लाई रुरुक्षेत्र १ ले पहिलाे प्राथमिकतामा राखेकाे छ ।
अधिक सम्भावनालाई मध्यनजर गर्दै यसक्षेत्रकाे पर्यटन विकासका लागि छिमेकी जिल्ला तथा नगर भित्रका व्यवसायिक, सामाजिक वौद्धिक व्यक्तित्वहरुकाे उपस्थितिमा बृहत लगानी सम्मेलन समेत गर्ने साेँच रुरुक्षेत्र १ ले लिएकाे वडाध्यक्ष नवराज विककाे भनाई छ । रिडीलाई चिनाउने यहाँकाे पुरानाे परम्परा सम्पदा यहाँका मठ मन्दिर गुम्बा पुस्तकालयहरुकाे फरक व्यवस्थापनलाई यथासिघ्र कार्यान्वयन हुने गरि काम शुरु गरिने अध्यक्ष विकले बताए ।
पछिल्लो समय रुरुक्षेत्रमा अत्यधिक पर्यटकहरू आउने क्रम शुरु भएपनि स्थानीय तहमा सुविधा सम्पन्न हाेटल रिसाेर्ट हाेम स्टे नभएकाले निजि क्षेत्रकाे सहकार्यमा रातामाटा, च्यूरेक क्षेत्रमा ठूला रिसाेर्ट र हाेटलहरु निर्माणका लागि पहल गरिने वडाध्यक्ष विकले बताए । रुरुधामकाे प्रचार प्रसार र सन्चार क्षेत्रसँग याे क्षेत्रलाई जाेड्ने गरि स्थानीय सन्चारकर्मीहरुलाई परिचालन गर्दै रिडीबजारमा सुचना र सञ्चार डेस्क समेतकाे व्यवस्था यथासिघ्र शुरुगरिने भएकाे छ ।
सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन हरेक हप्ता एक जना जनप्रतिनिधिलाई वडाकार्यालयमा सेवाग्राही सहायता डेस्क शुरुवात भएसँगै वडा कार्यालयमा सेवाग्राहले छिटाेछरिताे सेवा पाउन थालेकाे दाबी जनप्रतिनिधिहरुको छ ।