मनोज  कार्की  – गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरमावि.सं २०६३ सालदेखि सुरु गरिएको रेसुङ्गा विमानस्थलमा सिभिल निर्माणको काम सकिएको छ ।

निर्माणको काम सम्पन्न भएलगत्तै एकातिर रेसुङ्गा विमानस्थल नियमित उडानको पर्खाइमा छ भने अर्कोतिर १६ वर्षअघि देखि  विमान चढेर यात्रा गर्ने सपना देखेका गुल्मेली जनताको आशा फेरी जाग्न थालेको छ ।  

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

रेसुङ्गा विमानस्थल निर्माणको कार्य सकिएपछि वर्षौँदेखिविमान चढेर यात्रा गर्ने गुल्मीवासीको सपना पुरा हुन थालेको छ । २०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए । बि.स. २०७५ साल जेठ २५ गते तारा एयरलाइन्सको बिमानस्थल धुले उडान गरेको थियो ।

धुले उडानको सफल परिक्षण भएको थियो । हाल सम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको छ । रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइचौथाई २० मिटर रहेको छ । विमानस्थलको पार्किङ ६० मिटर लम्बाइ ३० चौथाईरहेको छ । 

काेरोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाई भएको आयोजनाले जनाएको छ । यस विमानस्थललाई देखाएर विभिन्न राजनीतिक दलका नेताले चुनाव जितेका छन् तर बषौं बितेपनि जनताले हवाईयात्रा आवास गर्न पाएका छैनन् । विमानस्थल निर्माणको काम समयमै सम्पन्न नहुदाँ जिल्लाको समग्रविकासमा समेत असर पारेको स्थानीय मणि पाण्डेले बताए  ।

जिल्लामा स्वास्थ्य सेवा र पहाडका सडकमा त्यही पहुँच नहुदाँ गुल्मीमा विमानस्थल महत्वपूर्ण रहेको र छिटो सञ्चालनमा ल्याउन सकेमा यात्रामा सहजता हुने स्थानीयकमल प्रसाद न्यौपानेले बताए । न्यौपाने भने “ विमानस्थल निर्माणको काम सकिएका बेला सम्बन्धित निकायले चासो दिएर नियमित उडान भर्न सकेमा वर्षौँदेखि गुल्मीवासीले लिएको हवाईयात्रा सपना साकार हुने थियो ।” 

रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि  १४ घर बस्ती बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि विमान स्थल निर्माणको काम थालिएको थियो । हाल विमानस्थलमा विमानस्थलमा वरिपरि टेवा पर्खाल , धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण भवन निर्माण र रनवे मार्किन लगायतका काम सकिएको आयोजनाका सव इन्जिनियर दिनेश परियारले बताए । 

बैशाखमा नियमित उडान गर्ने भनिएपनि कोरोना र निर्माण कम्पनीको ढिलाईका कारण उडान हुन सकेको छैन् । वर्षौ देखी विमान चढेर भैरहवा, काठमाडौंलगायतका शहरको यात्रा गर्ने सपना देखेका गुल्मेली जनताको सपनलाई पुरा गर्ने रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए ।

मेयर पन्थीले भने “यस विमानस्थल निर्माण समितिमा रहेर मैले काम गरेको छु त्यसकारण प्राधिकरण विभाग र मन्त्रालय संग सहकार्य गरेर छिटो उडान भर्ने तयारी हामीले गरेका छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर