कृष्ण अन्जान,
गुल्मी । सत्यवति गाउँ पालिका वडा न १ अस्लेवाकाे वाटक टाेलका तुल्सीराम पाण्डे जन्मठाउँ भने पछि हुरुक्कै हुन्छन ।
उनलाई मुटुभरि बाबुबाजेकाे विरासत गाउँकाे माटाेकाे जातिबिद्दि मायाँ लाग्छ र गाउँकाे माटाे बसाउँछ उनलाई ।
उन्नाईस वर्ष खाडि मुलुकमा बिताएका तुल्सीराम पाण्डेले पछिल्लो समय शहरमा बस्ने भनेर बटाौलीमा घडेरि किने घर बनाए ,वैदेशिक राेजगारीबाट फर्केपछि वर्ष एक सपरिवार उतै बटौलि तिर पनि बसे तर बरै शहर त उनका लागि झ्यालखान जस्ताे भयाे ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
एकवर्ष त जेनतेन बटौलि बसियाे बरै मनले कतिबेला गाउँ फर्कम भयाे ,शहर त रहर मात्रै रैछ न केहि काम न धाम ,शहरकाे बसाई छाडेर बुढि र म गाउँ फर्क्याौँ र यतिबेला गाउँमै बस्छु तुल्सीरामले भने ।
गुल्मीकाे अस्लेवाकाे जग्गा त्यसै पनि अव्वल ,जे लगाए पनि जे खेति गरेपनि हुने यतिबेला तुल्सीरामले करिब दस राेपनि जग्गामा ड्र्यागन फ्रुट र एभाेकाडाे जातकाे फलफुलकाे व्यवसायीक खेति शुरु गरेका छन ।
अस्लेवा खैरेनि सडकखण्ड भन्दा माथि वाटक भन्ने ठाउँमा तुल्सीराम पाण्डेकाे पौरख देख्न सकिन्छ ।
उनले सम्माे खेतमा पाँच सय बाेट ड्र्यागन फ्रुट र करिब दुई सय बाेट एभाेकाडाेका बिरुवा लगाएर व्यवसायीक खेति शुरु गरेका छन ।
त्यसाे त पानी प्रसस्त छ तरकारी खेति पनि हुन्छ तर ड्र्यागन फ्रुट र एभाेकाडाे मेराे व्यवसायीक खेति हाे पाण्डेले भने ।
एउटा ड्र्यागन फ्रुटकाे बिरुवालाई सैतिस रुपैयाँमा खरिद गरेका उनले याे बिरुवा खरिद लगाउने चाँजाेपाँजाे मिलाउन सातलाख लगानी गरेका छन तर यत्तिले मात्र मन मानेकाे छैन दाँगमा यहि खेति गरिरहेका माओवादी पार्टी छाडेका नेता लाेकेन्द्र विष्ट सँग सम्पर्क गरेर अझै हजार बाेट ड्र्यागन फ्रुट लगाउने बिचार गरेका छन ।
दाँगमा राम्रो बिरुवा पाईन्छ भन्ने सुनेकाे छु अब त्यहिँकाे बिरुवा ल्याउने हाे पाण्डेले भने ।
बजारमा ६ सय रुपैयाँ किलाे बिक्री हुने ड्र्यागन फ्रुट र पाँच सय रुपैया किलाे बिक्री हुने एभाेकाडाेकाे बजारमा माग पनि छ र उत्पादन दिन थालेपछि बुटवल पाेखरा र काठमाडौकाे बजारमा पुर्याउने उनकाे लक्ष छ ।
केही महिना शहर बसेर रहर पुर्याएकि तुल्सीराम पाण्डेलेकि जहान गाेमा पाण्डेलाई पनि श्रीमान सँग गाउँमै कुटाे काेदालाे गर्न रस लागेको छ ।
श्रीमानकाे पौरखतामा साथ दिँदै शहरबाट फेरि गाउँ फर्केकि गाेमालाई पनि गाउँ फर्कन परेकाेमा कुनै गुनासाे छैन ।
यतिबेला शुखकाे खाेजिमा शहर पसेर गाउँ बिर्सने हरु धेरै छन ,तर तुल्सीराम पाण्डे विदेश तिर पनि बसे शहर तिर पनि बसे तर सबैभन्दा मज्जाकाे जिन्दगी गाउँमै हुने अनुभुति फर्केर अस्लेवाकाे वाटकमा पौरखि पाखुरा बजार्दै समृद्ध खाेजिरहेका छन ।