कृष्ण अन्जान✍️
रुरुक्षेत्र गाउँपालिका वडा न १काे च्यूरेक गाउँ लिची उत्पादन हुने क्षेत्र लिचि उत्पादनकाे लागि गनिएकाे गाउँ हाे ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
सरकारले याे गाउँलाई लिचि गाउँकाे रुपमा नामाकरण गरिदिएकाे छ । बिगतकाे तुलनामा याे वर्ष लिचि खासै फलेकाे छैन । फूल फुल्ने बेलामा पानी पर्दा र याे वर्षको मौसम चिसाे हुँदा गत वर्षको तुलनामा यस वर्ष लिची कम फले पनि पाकेको लिची टिप्न, जंगली जनावरबाट बचाउन र बिक्री गर्नमा कृषकहरूको दिनचर्या बित्ने गरेको छ ।
पानी परेमा पाकेको सबै लिची झर्ने डरले कृषकहरू मौसमको अवस्था हेर्दै लिची टिप्न र बिक्री गर्नमा व्यस्त रहेको रुरुक्षेत्र १ का कृषक कृष्ण बहादुर विकले बताउनुभयो । विक सँग रहेका १ सय बोट लिचीमध्येमा साना र ठुला बाेटहरुमा पाेहाेर भन्दा कम लिचि फलेकाे छ ।
वार्षिकरूपमा ३ लाख सम्म लिची बिक्री गर्ने गरेका विक ले काेभिड र मौसमका कारण भनेजति आम्दानी गर्न नसकेको जानकारी दिनुभयो ।
रुरुक्षेत्रकाे च्यूरेकमा बटौली रिडी बलेटक्सार लगाएतका क्षेत्रका व्यापारीहरू आएर बोटबाटै लिची किनेर बिक्री गर्न लैजाने गरेका छन् । बटौलीबाट त गाडी लिएर घर–घरमै लिची खरिदका लागि आउने गरेका छन् ।
अधिकांशले लिची बिक्री गरेरै सानातिना घर व्यवहार चलाउने गरेको पाइएको छ ।
मौसमकाे प्रतिकुलताका कारण गत वर्षको तुलनामा लिची कम फले पनि फलेका लिचिले राम्रै मूल्य पाउने आशा यहाँका किसानले गरेका छन ।
जिल्लामै सबैभन्दा बढी लिची उत्पादन हुने च्यूरेक गाउँमा करिब असि वर्षअघिदेखि लिची उत्पादन सुरु भएको इतिहास छ । सुरुवातमा च्यूरेकका डिल्लीराम ज्ञवाली र लाेक बहादुर क्षत्रीले त्रिवेणि मेला बाट लिचिका बिरुवा ल्याएको यसपछि मात्र गाउँभरि लिचि खेति फैलाएकाे च्यूरेक गाउँका समाजसेवी तारानाथ ज्ञवाली भन्नु हुन्छ ।
परम्परागत शैली र विभिन्न रोगकिरासँग लड्दै लिची उत्पादन गरिरहेका कृषकहरूलाई अहिलेसम्म सरकारको साथ नभएको गुनासो छ ।
मुलुक संघीय संरचनामा गएको पाँच वर्ष बित्दा पनि स्थानीय सरकारले कृषिमा आश्वासनमात्रै बाँड्ने गरेको तर काम भने नगरेको कृषकहरूको भनाई छ ।
लिचिमा लाग्ने राेग हरु नफल्नाका कारण परिणाम बारे कसैले न चासाे राख्छ न कसैले कुनै पहल गर्छ ।नाममात्रकाे लिचि व्लककाे अफिस छ तर प्रभावकारिता शून्य रहेकाे छ ।