कृष्ण अन्जान, गुल्मी । स्थानीय तहकाे निर्वाचनपछि निराश देखिएका नेता कार्यकर्ताहरूलाई उत्साहित बनाउन आयोजना गरिएको नेकपा (एमाले) गुल्मीको अगुवा कार्यकर्ता भेला सोमबार सकिएको छ । अगुवा भेलामा सहभागी कार्यकर्ताहरुलाई एमालेका केन्द्रिय नेताले पुराना कुरा बिर्सिएर प्रदेश र संघीय सांसदको निर्वाचनमा होमिन निर्देशन दिएका छन् ।

स्थानीय तहकाे निर्वाचन गुल्मीमा  एमालेका लागि निराशाकाे रुपमा रह्याे । अघिल्लाे निर्वाचनमा जित हासिल गरेका रेसुँगा नगरपालिका, मालिका, ईस्मा, मदाने र रुरुक्षेत्रमा कतै अध्यक्ष र उपाध्यक्ष दुबै गुमायो भने कतै अध्यक्षमा हार बेहाेर्न एमाले बाध्य भयो । यद्यपि सत्यवति छत्रकाेट र मुसिकाेटमा एमालेले जित हाँसिल गरेको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

यसरी अघिल्लाे पटक भन्दा आधा कम पालिकामा जित हासिल गरेकाे एमाले गुल्मीका कार्यकर्ता निराश हुनु स्वाभाविक थियो  ।

यसैविच निर्वाचनपछि नेता कार्यकर्ताहरुले एक आपसमा अन्तरघातकाे आराेप लगाई रहँदा पार्टी भित्रकाे आन्तरिक संरचना खल्वलिने, कार्यकर्ताहरु बिच असमझदारी बढ्ने अवस्थापछि पार्टीले वडादेखि पालिकातहमा समीक्षापछि जिल्ला कमिटीको समीक्षा बैठक र अगुवा कार्यकर्ता भेलापछि पार्टीले विगतलाई भुलेर भावि लक्षलाई पछ्याउन नेता कार्यकर्तालाई निर्देशन गरेकाे छ ।

कार्यकर्ताका माझमा बाेल्दै नेकपा एमाले केन्द्रीय कमिटीका उपहासचिव प्रदिप कुमार ज्ञवालीले ‘प्रतिकुलता गठबन्धन र महागठबन्धन’ का बिच पनि जनमतकाे हिसाबले नेकपा एमाले पहिलो पार्टी बनेकाे दावी गरे । उनले भने, “अब स्थानीय निर्वाचन तिर नफर्कौँ, भावि निर्वाचनतिर अगाडि बढौँ ।”

असमझदारी, असहयाेग र अन्तरघात कुन कारणले पार्टीले निर्वाचनमा क्षति बेहाेर्नु पर्याे यसकाे विश्लेषण गर्नुपर्ने बताउँदै उपमहासचिव ज्ञवालीले सँगठनात्मक अराजकता र अन्यरघात गर्ने छुट कसैलाई नभएकाे जिकिर गरे ।

त्यसैगरी एमाले केन्द्रीय कमिटीका सचिव गाेकर्णले लाेकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टीका सदस्यले जित र हारलाई सामान्य रुपमा स्विकार्नु पर्ने बताउँदै निराश नहुन कार्यकर्तालाई आग्रह गरे । हारकाे कारण र कमजोरी खाेजेर त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

जिल्ला कमिटीका सदस्य, निर्वाचित प्रमुख उप प्रमुख, वडाध्यक्ष, गाउँ कमिटि र पालिका कमिटीका अध्यक्ष, जनवर्गीय सँगठनका सदस्यहरुकाे बाक्लै उपस्थितिमा भएकाे भेलामा पार्टीलाई जिवन्त राख्न विगतलाई बिर्सेर एक ढिक्का हुन र कार्यकर्तालाई आराेप प्रत्याराेप  निषेध गरगरी संघिय र प्रदेश निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेकाे छ ।

भेला गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार र आइतबार गरि  २ दिनसम्म संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय