लम्छाकाका मँगलदाई उनिजस्ताे समाजसेवि कहाँपाई
कृष्ण अन्जान
लम्छाका ग्वादी ३२ असार

स्थानीय तहकाे निर्वाचन सकिएकाे दुई महिना पूरा भएकाे छ । कति जितेकाेमा गजक्क छन र कति उम्मेदवारहरु निर्वाचन हारेपछि अझै तँग्रिन सकेका छैन लाग्छ निर्वाचनमा पराजय भाेगेपछि हाँसाे समेत खाेसिएकाे छ ।
तर रुरुक्षेत्र गाउँपालिका वडा न २ बाट वडाध्यक्षमा पराजित उम्मेदवार मँगल बहादुर रेगामी भने निर्वाचनमा उम्मेदवार हुनु भन्दा अगाडि जुन रुप लयमा थिए निर्वाचनकाे मत परिणाम सार्वजनिक भएकाे अर्काे दिन बाट उहीँ लय र रुपमा फर्केर आफ्नो पुरानै कर्ममा लागेका छन ।
मँगल बहादुर रेगामी ग्वादि गाउँका अव्वल किसान ,समाजसेवी र राजनैतिक कार्यकर्ता हुन ।एउटा गज्जब त के छ भने कृषि समाजसेवा र राजनीतिलाई उनले सँगसँगै हिँडाएका छन याे ।
हरेक विहान घाँसकाे भारीसँगै उनकाे दिनचर्या शुरु हुन्छ ,घरमा पालेका गाईभैँसि ,बँगुर ,बाख्राका लागि कुँडाे पानी घाँस गाेठ्ल्याईँ सकेपछि दिनभरी सामाजिक सेवा र राजनीतिक भेटघाट उनकाे दैनिकी हाे ।
साविककाे ग्वादि गाउँ विकास समितिकाे उपाध्यक्ष २०५४ , सँघिय सँरचना पछि रुरुक्षेत्र २ काे वडाध्यक्ष २०७४ र वडाध्यक्ष २०७९मा उम्मेदवार बनेका उनी तिनै पटक झिनाे मतले पराजय भाेगेका छन ।
नेपाली काँग्रेस सच्चा सिपाही मँगल बहादुर रेगामी आदर्शवादि राजनितीज्ञ हुन ।
पार्टीले टिकट दिएपछि उम्मेदवार भएँ ,लाेकतन्त्रमा हारजित स्वाभाविक हाे म हारेपनि याे परिणामलाई सहज स्विकार्छु किनकि म प्रजातन्त्रमा विश्वास गर्छु रेगामीले भने ।
उनी बिक्रम सम्वत २०३५ सालमा रिडी माध्यमिक विध्यालयमा अध्ययन गर्दा नेपाल विध्यार्थी सँघबाट राजनीति शुरु गरेका हुन र अहिले नेपाली काँग्रेस गुल्मी क्षेत्र १ काे प्रदेश क काे पार्टी उपसभापति छन ।
सामाजिक विकासमा कहिल्यै नथाकेका रेगामी ग्वादिकाे विकासका पर्यायवाची हुन ।ग्वादिकाे विकासमा याेगदान दिने वामपन्थी नेता स्वर्गीय ज्ञानहरी ज्ञवाली सँगकाे सहकार्यमा उनले ग्वादिकाे विकासमा धेरै याेगदान दिएका छन ।
ग्वादि गाउँलाई जाेडने सडक लाेक्मा बेलटारी ,रातामाटा कफिकेन्द्र चौतारा ,चौतारा भन्ज्याँग मादा काेन्द्रा लगाएत यहाँका सडकका ट्रयाक खाेल्ने काममा उनी अग्रपँक्तिमा रहे ।
जनचेतना बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष समेत रहेका रेगामीले पछिल्लो चरणमा शैक्षिक विकासका लागि चाईना फाउण्डेशनकाे सहयाेगमा सामुदायिक विध्यालयहरुमा शैक्षिक सामाग्री सहितकाे स्कुल व्याग बाँड्ने काममा व्यस्त छन ।
उनकै पहलमा चाईना फाउणडेसनमा कार्यरत रेगामीका छाेरा दिपक रेगामी मार्फत याे वर्ष मात्रै रुरुक्षेत्र सत्यवति र क्षत्रकाेटका सत्ताईस साुदायिक विध्यालयमा उनै मँगल बहादुर रेगामी उपस्थित भएर करिव एक्काईस सय स्कुल व्याग वितरण गरिएकाे छ याे शैक्षिक विकासका क्षेत्र ठुलाे याेगदान हाे ।
रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न २ र १ काे बिचबाट बग्ने तालखाेलाकाे भुलौदी मास्तिर लम्छाकामा उनकाे घर छ ।
उनले यतिबेला दुईवटा भैँसि ,बाह्रवटा बाख्रा ,छवटा बँगुर ,टर्कि ,लाेकल कुखुरा लगाएतका पशुपँक्षि पालेका छन र बारीमा डमक्कै तरकारी छ ।
सधै मुलुककाे समृद्धिकाे चिन्ताले पिराेलिई रहने रेगामीलाई पछिल्लो पटक राजनीतिक अनुशासनहिनताले पनि मन पाेल्छ ।
आदर्श र निष्टाकाे राजनीति गर्ने हामी जस्ता कार्यकर्ता हरु यतिबेला निराश छौँ उनले भने ।
मँगल बहादुर रेगामीका पिता चेत बहादुर रेगामी ११ वर्ष तत्कालीन ग्वादि गाउँपन्चायतकाे वडा सदस्य र चार वर्ष उपप्रधानपन्च बने ।आफ्नै बाबाकाे प्रेरणाले समाजसेवा भाव आफुमा आएकाे उनकाे भनाई छ ।
सधै सदावहार र कृयाशिल मँगल बहादुर रेगामी कहिल्यै नथाक्ने समाजसेवी हुन भन्दा फरक पर्दैन ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर