भदौ ०९ गुल्मी
नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिको राजिनामा माग गरेको छ । विहीबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले आर्थिक संकटकालको घोषणा गरेको हुँदा जिल्लामै उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट वन्चित हुने देखिएको भन्दै संचालक समितिको राजिनामा माग गरिएको नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीका अध्यक्ष हरिप्रसाद पोखरेलले बताए ।
जिल्लाका सरोकारवालाहरुसंगको छलफलबिना र विद्यार्थी भर्नाको समयमा गरिएको यो घोषणाले सबैलाई निराश बनाएको भन्दै उक्त निर्णयले शिक्षापे्रमीलाई दुखी बनाएको नगर कमिटी अध्यक्ष पोखरेलले बताउनुभयो । क्याम्पस स्थापना र बिकासमा सबै तह र पक्षको समान भूमिका रहने भए तापनि नेपाली कांग्रेशले लामो समयदेखी आफ्नो बिर्ताको रुपमा उपयोग गर्दै आइरहेको यो क्याम्पसमा गरिएको अप्रत्यासित आर्थिक संकटको घोषणा निन्दनीय भएको एमाले रेसुङ्गा नगर कमिटीले आरोप लगाएको छ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
आर्थिक संकटकालको नाममा क्याम्पसका सयौ विद्यार्थीको भविष्य अन्यौल बनाउने, क्याम्पसमा सिङ्गो जीवन समर्पित गरेका प्राध्यापक, कर्मचारीको पेशागत हकहित सुनिश्चित गर्न नसक्ने संचालक समिति र प्रशासन नेतृत्व जिम्मेवारीमा बसिरहनुमा नैतिक प्रश्न उठेकोले तत्काल राजिनामा दिन समेत माग गरेको अध्यक्ष पोखरेलले बताए ।
स्थानीय निर्वाचनमा सस्तो लोकप्रियताको लागि क्याम्पसको उन्नतिको प्रतिबद्धता देखाएर स्थानीय निर्वाचन जितेको नेतृत्वले क्याम्पस प्रति कुनै चासो नदिएको आरोप लगाएको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले केही दिन अघि आर्थिक संकटकाल घोषण गरेको छ ।