रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा झन्डै चार वर्ष नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्य सम्पादन गर्नुभएको भक्तिराम मरासिनीलाई सोमबार सम्मान सहित बिदाई गरिएको हो । त्यस्तै वर्तमान प्रमुख प्रशासकिय हरिप्रसाद अर्याललाई स्वागत गरिएको नगरपालिकाका सुचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहेर नगरपालिकाको कार्य सम्पादनमा राम्रो काम गरेको भन्दै पूर्व प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाई धन्यवाद व्यक्त गरे । साथै उनले आगमी कार्यकाल अझै फलदायीहोस् भनी शुभकामना व्यक्त गरेका छन । वर्तमान प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्याललाई स्वागत गर्दै नगरप्रमुख पन्थीले कर्मचारीहरुले मुस्कान सहितको सेवा जनतालाई प्रवाह गर्न आग्रह गरेका छन । उनले नागरिकहरुलाई मुस्कान सहितको सेवा प्रवाह गर्न सके स्थानीय सरकारलाई जनताले महशुस गर्ने विश्वास व्यक्त गरे ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुवँरले वर्तमान प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गर्दै पूर्व प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरपालिका भित्र रहेर गरेको कामको प्रशंसा गरिन ।
रेसुङ्गा नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले आफ्नो चार वर्षको कार्यकाल नगरपालिकामा सम्झिन योग्य भएको दाबी गरेका छन । नगरपालिकाबाट प्रदान गरिने सेवामा कुनै प्रकारको गुनासो नआएको हुँदा आफ्नो कार्यकाल सफल भएको मरासिनीले दाबी गरेका छन । जनप्रतिनिधी र कर्मचारीको उदेश्य जनतालाई खुशी र समृद्धी बनाउने भएको भन्दै मर्म बुझेर कर्मचारीहरुले कार्य सम्पादन गर्नुपर्ने उनले बताए । कर्मचारीले राजनितिक दलका भन्दा बहिर रहेर कार्य गर्नुपर्नेमा मरासिनीले जोड दिएका छन । रेसुङ्गा नगरपालिकाका वर्तमान प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले स्थानीय सरकार जनताको नजिकको सरकार भएको हुँदा सेवाग्राहीको मर्म अनुसार काम गर्नुपर्ने उल्लेख गरे । रेसुङ्गा नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउदा राम्रो र जनताको पक्षमा लिएको हुँदा त्यसलाई कार्य सम्पादन गर्न आफु सहित सिङ्गो कर्मचारी लागि पर्ने अर्यालले बताए । कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारीहरु र पत्रकारको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर