कृष्ण अन्जान, गुल्मी । जीवन संभावनाकाे खाेजी हाे । यहि खाेजीमा गुल्मीकाे छत्रकाेटलाई  आफ्नो सन्चारक्षेत्रकाे थलाे बनाएका युगराज वस्यालले सँघर्षका १५ वर्ष पुरामात्र गरेका छैनन कि उनले सन्चालन गरेकाे रुरु एम एम यतिबेला गाउँघर सबैभन्दा बढि लाेकप्रिय रेडियाेकाे रुपमा स्थापित छ ।

रेडियो लुम्बिनीबाट रेडियाे पत्रकारितामा हाेमिएका वस्याल पाल्पाको रेडियाे मुक्तिनाथ हुँदै गुल्मीको श्रृँगामा आफ्नै रेडियो एकल लगानीमा शुरु गरेर रेडियो पत्रकारिता सँगै सन्चार उध्यमी बन्न सफल बनेका छन । ग्रामीण क्षेत्रमा रेडियो सन्चालन गर्दा हरेक कुराकाे कठिनताका माझमा उनी सफल सन्चारकर्मी मात्र बनेनन कि वास्तवमै रेडियाे सुन्ने सँस्कृतीकाे विकास समेत गरेका छन ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

“रुरुएफएम नसुनि त हुँदै हुन्न मैले त घण्टै पिच्छे रुरुएफएमकाे समाचार सुनेर देश विदेशका खवर थाहा पाउँछु” रुरुक्षेत्र ३ गौतमटाेलका कुलराज गौतमले भने । त्यसाे त रुरुक्षेत्र, छत्रकाेट, गुल्मी दरबार देखि पार गुल्मीकाे चन्द्रकाेट, सत्यवति, कालीगण्डकी, बाग्लुङ, पर्वत, अर्घाखाँची, पाल्पा स्याङ्जा लगायतका क्षेत्रमा रुरुएफएम सुन्न सकिन्छ ।

“गाउँघरका समाचारलाई टपक्क टिपेर जस्ताकाे तस्तै बजाउँछ । देश विदेशका समाचार राजनैतिक गतिविधि, गीत सँगित सबै सुनाउँछ साँच्चै भन्नु पर्दा सन्चारका अन्य माध्यम नपुगेका रुरुएफएमले रेडियाे सुन्ने सँस्कार बसालेकाे छ” रुरुक्षेत्र ३ फल्लेखर्कका कृष्ण राज ज्ञवालीकाे भनाई छ ।

सामुदायिक रेडियोबाट पत्रकारिता शुरु गरेका वस्यालले यतिबेला सन्चालन गरेकाे रेडियाे व्यवसायीक हाे तर रेडियो कार्यक्रम भने समुदायमा केन्द्रित छ । सरल भाषा शैलि र सबैका लागि आवाज बनेकाे याे रेडियाे बिहान ५ बजे खुलेदेखि बन्द नहुँदासम्म सुनिरहने श्राेताकाे सँख्या धेरै छ ।

निष्पक्ष, समुदाय र जनकेन्द्रित पत्रकारितालाई आफ्नो उद्देश्य बनाएकाे रुरु एफएम ग्रामीण जनताकाे सुखदु:खकाे साथी भन्दा फरक पर्दैन ।

जनताका खुसीसंग हाँस्ने र दुखसंग एकाकार हुँदै डेढदशक पूरा गर्दा याे एफएम यतिबेला आफ्नै सुविधा सम्पन्न भवनबाट सन्चालित छ ।

“ग्रामीण पत्रकारिता मेरा लागि चुनौति थियाे तर आम श्राेताकाे माया सद्भाव र सदासयताले मलाई ग्रामीण क्षेत्रकाे पत्रकारितामा स्थापित गर्याे” वस्यालले भने ।

लामाे समय पत्रकारितामा लागेका वस्याललाई रेडियोकाे व्यवस्थापनमा लाग्दा एकै छिन फुर्सद छैन तर यहि व्यस्तताका माझ उनी व्यवसायीक रेडियाे प्रसारक संघ बानका  लुम्बिनी प्रदेश अध्यक्षकाे रुपमा व्यवसायीक दिगाेपनका लागि कृयाशिल छन ।

प्रतिक्रिया

सम्बन्धित खवर