फलाँटे-सागरपाेखरी सडक कालाेपत्रे हुने, रुरुक्षेत्रकाे जाम्मवान गुफा पुग्न सडक बन्ने
कृष्ण अन्जान, गुल्मी । तानसेन रिडी तम्घास माेटरबाटाेसँग थाेर्गा गाउँलाई जाेड्ने फलाँटे स्यालपाेखरी सडक कालाेपत्रे हुने भएकाे छ । सडक पुर्वाधार विकास कार्यलय गुल्मीका सव ईन्जिनियर पशुपति ठाकुत सहितको टाेलीले याे सडककाे फलाँटे स्यालपाेखरी हुँदै सागर पाेखरी सम्मकाे डिटेल सर्वे गरेका छन ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
फलाँटे स्यालपाैखरी हुँदै सागर पाेखरी सम्म दुई हजार एक सय चालिस मिटर सडककाे कालाेपत्रे गर्ने गरि डिटेल सर्भे गरिएकाे छ र इस्टिमेट तयार भएपछि छिट्टै टेण्डर आह्वान हुने सब ईन्जिनियर ठाकुरले जानकारी दिए ।
फलाँटे देखि स्यालपाेखरी सम्म नालि सहित छ मिटर, स्यालपाेखरी देखि फल्लेका पिपलसम्म नालि सहित पाँच मिटर र फल्लेका पिपल देखि सागर पाेखरी सम्म नालि सहित चार मिटर सडक कालाेपत्रे हुने छ ।
मुख्य रुपले सडक निर्माण गर्दा व्यक्तिकाे जग्गाको जाेखिम न्युनिकरणका लागि मेशिनरि र ग्याभिँग बाल र पक्कि नालिलाई विशेष प्राथमिकतामा राखिएकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।
गाउँघरमा धेरै सडक बनेका छन तर ती सडकले गर्ने क्षतिबारे शुरुमै सजगता अपनाएकाे पाइँदैन । अब निर्माण हुने सडकले कम क्षति गरेास भन्ने हाम्रो भनाई हाे वडाध्यक्ष पौडेलले भने । याे सडक कालाेपत्रे हुने भएपछि रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ थाेर्गा र १ च्यूरेक क्षेत्रका आम बासिन्दाहरु खुसी छन ।
याे खुसी ल्याउने काम गरेका हुन् रुरुक्षेत्र ३ मडियारका नवराज पन्थीले, जो अहिले अर्थ मन्त्रालयमा उपसचिव रहेका छन् । पन्थीले कसैकाे आँखा पर्न नसकेकाे थाेर्गाकाे फलाँटे स्यालपाेखरी सागरपाेखरीसम्मकाे सडक स्तराेन्नतिका लागि भौतिक पुर्वाधार मन्त्रालय मार्फत तीन कराेड पचास लाख बजेट विनियोजनका लागि पहल गरेका थिए ।
तानसेन रिडी तम्घास माेटरबाटाेकाे फलाँटेसम्म पुग्ने याे सडक याे क्षेत्रका बासिन्दाहरुका लागि गाउँ पस्ने सबैभन्दा छाेटाे र उपयुक्त सडक हाे तर याे सडकमा कसैकाे आँखा परेकाे थिएन ।
२०५४ सालतिर रुरुक्षेत्र ३ का चतुर्भुज ज्ञवाली मार्फत साँसद सिद्धिनाथ ज्ञवालीकाे साँसद विकास काेषकाे १ लाख रकमले सडकको ट्र्याक खाेलिएपनि त्यसपछि सडक सफाई गर्ने बाहेक स्ताेराेन्नतिकाे कामका लागि खासै बजेट बिनियाेजन भएकाे थिएन ।
जनप्रतिनिधि तथा राज्यको निकाएमा रहने धेरैजसाेले चौविसै घण्टा याे सडक प्रयाेग गरेपनि सडक ओझेलमा थियाे । थाेर्गा गाउँका लागि खाद्दान्न ढुवानीका साथै पक्कि सडक सम्मकाे पहुँचलाई गाउँसँग नजिक बनाउने याे सडक कालाेपत्रे भएसँगै यसक्षेत्रका वासिन्दाकाे गाउँलाई पक्कि सडक सँग जाेडने महत्त्वपूर्ण कि पाेईन्ट यहि सडक बन्ने छ ।
यसै बिच रुरुक्षेत्र ३ काे जौखाेलामा रहेकाे ऐतिहासिक जाम्ववान गुफा हुँदै बर्सौँटा जाेडने करिब दुई किलोमिटर सडककाे ट्र्याक खाेल्नका लागि पनि सर्भे गरिएकाे छ । परापुर्वकालदेखि रहेकाे जाम्ववान गुफा याे क्षेत्रकाे पर्यटकीय गन्तव्य बम्नसक्ने याे गुफा सम्म पुग्ने सडक नहुँदा ओझेलमा थियाे ।
स्थानीय शिरिषगैरा, भँडारथुम जाम्ववान गुफा हुँदै बर्सौँटा जाेडने सडककाे ट्र्याक खाेल्ने र गुफा सम्म पुग्ने सडक स्ताेराेन्नतिका लागि पनि उनै पन्थीकाे पहलमा डेढकराेड रकम विनियोजन भएकाे हाे ।
तानसेन रिडी तम्घास माेटरबाटाे काे फलाँटे खण्डबाट करिब तीन किलोमिटर र सालबिसाउना बाट करिब चार किलोमिटरकाे दुरीमा रहेकाे जाम्ववान गुफा याे क्षेत्रकै ऐतिहासिक ठाउँ भएर पनि सडक सन्जाल नहुँदा ओझेलमा परेकाे थियाे ।