कृष्ण अन्जान ,गुल्मी । नेकपा एमालेको जनवर्गिय  संगठन रिटर्नी फेडेरेसन नेपाल गुल्मीले जिल्लाका दुई नगरपालिका र दस गाउँपालिकामा आफ्नो सँगठन विस्तार गरेकाे छ । एमालेकाे पछिल्लो जनसँगठनकाे रुपमा स्थापित रिटर्नी फेडरेशन गुल्मीले नगर र गाउँ पालिकाहरुमा सँगठन विस्तारका कार्यक्रम सकाएपछि अब वडा स्तरिय सँगठन विस्तारमा जुटेकाे जिल्ला अध्यक्ष रवि पन्थले  जानकारी दिए ।

अध्यक्ष पन्थका अनुसार रेसुँगा नगरपालिकामा शुरेस परियार ,मुसिकाेटमा गाेविन्द खरेल ,मालिका गाउँपालिकामा भिम बहादुर पौडेल , ईस्मामा द्राेण बाेहाेरा ,धुर्काेटमा निमु गिरी ,मदानेमा लेख बहादुर विष्ट ,चन्द्रकाेटमा पदम बहादुर गुरुङकाे अध्यक्षतामा कमिटी गठन गरिएकाे छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

यसैगरी गुल्मी दरबारमा कमल झेडी ,छत्रकाेटमा दाेमकान्त न्यौपाने ,रुरुक्षेत्र गाउँपालिकामा पदम श्रेष्ठ ,सत्यवती गाउँपालिकामा टाेप बहादुर भण्डारी र कालिगण्डकि गाउँपािलिकामा बावुराम क्षेत्री अध्यक्ष बनेका छन   ।

पाटी र संगठनको नीति विधि पद्धति भित्र रहँदै रिटर्नी फेडरेशन गुल्मीले कमिटी गठन भएका नगर र गाउँपालिकाका वडाहरुमा सँगठन बिस्तार सँगै रिटे्नी फेडरेशन नेपालले तय गरेका कृयाकलाप सन्चालन गर्न जिल्ला कमिटीले सबै पालिका स्तरिय कमिटी हरुलाई निर्देशित गरेकाे अध्यक्ष रविलाल पन्थले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर