रेसुङ्गा नगरपालिका वडा नम्बर ४ मा हालै सम्पन्न सभा हल सिलान्यास कार्यक्रममा आफुलाइ खबर नभएको गुनासो रेसुङ्गा नगरपालिकाका निबर्तमान मेयर डिल्लिराज भुसालले गर्नुभएको छ।

सभाहलको डिपिआर र बजेट बिनियोजन गरिदिनको लागि आफ्नो कार्यकालमा पटक पटक भैरहवा भबन डिभिजन कार्यालयलाई ताकेता गरेकोले यो सभाहलको लागि बजेट बिनियोजन भएको उहाँले बताउनु भयो । यो सभाहलको परिकल्पना कसैले गरेको थिएन।जिल्लामा एउटा सुबिधासम्पन्न सभाहल आबश्यक भएको महशुस गरेर मैले यो काम अगाडि बढाएको हु भुसालले भन्नुभयो । यो सभाहल निर्माणगर्ने निर्माण कम्पनिले राम्रोसँग काम गर्नेहोभने देशकै नमुना सभाहल बन्नेछ भन्दै उहाले खुशी ब्यक्त गर्नुभयो । जुनसुकै निर्माण कम्पनिले यो सभाहल निर्माणको जिम्मा पाएपनी समयमै काम सम्पन्न गर्न र राम्रो काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

मैले यो सभाहलको लागि बजेट ब्यबस्थापन गर्न ठुलो संघर्ष गरे तर सिलान्यास गर्ने समयमा भबन डिभिजन कार्यालयका कर्मचारी, पुर्ब शहरी बिकास मन्त्री रामकुमारी झाक्री र मेयर खिलध्वज पन्थिले आफुलाइ खबर गरेनन् । जिल्लाको समुन्नत बिकासको लागि मैले मेयर छ्दा धेरै राम्रा राम्रा काम गरे तर अरुलेजस्तो प्रचार बाजि गरिन । म काम र त्यसबाट आउने परिणाममा बिस्वास गर्ने मान्छे हु । त्यसैले म कुनै पदमा नरहदा पनि यहाको बिकास र यस क्षेत्रका जनतालाइ सुखी र खुशी बनाउनको लागि अहोरात्र खटिरहनेछु उहाँले भन्नुभयो ।

भुसाल आसन्न मङ्सिर ४ मा हुने निर्बाचनमा गुल्मी क्षेत्र नम्बर २ प्रदेश क बाट उम्मेदबारको लागि सिफारिस हुनुभएको छ । त्यसैले आफ्नो लोकपृयतालाइ ओझेलमा पार्नको लागि नेपाली काङ्ग्रेसले आफुलाइ खबर नगरेको उहाँको आरोप छ ।

भुसालले भन्नुभयो मैले रेसुङ्गा नगरपालिकाको प्रमुख भएर ५ बर्ष बिताए तर कुनै नराम्रो काम गरिन त्यसैले कसैले नराम्रो काम गर्छ भने टुलुटुलु हेरेर बस्न पनि सक्दिन।

प्रतिक्रिया

सम्बन्धित खवर