निर्वाचन राष्ट्रियता पक्षधर र राष्ट्रघाती विचकाे लडाइँ :  नेता ज्ञवाली

कृष्ण अन्जान/ असोज ३०, गुल्मी- नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले याे निर्वाचन  राष्ट्रियताकाे रक्षा र राष्ट्रघातकाे बिचकाे लडाइँ भएकाे बताउनु हुँदै जनताको भाेट राष्ट्रियता विराेधि हरुका लागि देश बन्धकि राख्ने लाईसेन्स बन्न नहुने बताउनु भएकाे छ ।

गुल्मीकाे सुदुरपुर्वमा रहेकाे कालीगण्डकी गाउँपािलिकाकाे पुर्तिघाट बजारमा नेकपा एमाले गाउँ कमिटीले आयाेजना गरेकाे  चुनाव केन्द्रित कार्यकर्ता भेलामा बाेल्दै गुल्मी क्षेत्र न १ का सँघिय साँसदका उम्मेदवार समेत रहेका प्रदिप कुमार ज्ञवालीले गठ बन्धन सँगकाौ त्रासबाट मुक्त हुन कार्यकर्ता लाई आग्रह गर्दै राष्ट्रिय स्वाभिमानमा कहिल्यै  आँच आउन एमालेले  नदिएकाे दावि गर्नु भयाे ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

नेता ज्ञवालीले गठवन्धन सरकार बनेपछि विकासका कुनै काम नभएको र एमालेले  शुरुगरेका विकास आयाेजना र सडकका बजेट कटौती गरेकाे र  गुल्मीका ३५ वटा सडकको वजेट काटेर विकास विराेधी कान गरेकाे बताउनु भयाे ।

कालीगण्डकी करिडोर चिन भारत जाेडने राजमार्गकाे रुपमा विकास भईरहँदा आफ्नाे पहलमा भएकाे कामले याे क्षेत्रका जनता लाभान्वित भएकाेमा खुशि लागेकाे बताउनु हुँदै नेता ज्ञवालीले गरेकाे कामलाई जस्ताको तस्तै भन्नु पर्ने र अरुले जस्ताे नगरेका कामले सामाजिक सन्जाल रँगाउने काम आफुले नगरेको बताउनु भयाे ।

विस्तारित बैठकमा आफ्नो प्रतिबद्धता राख्दै नेकपा एमाले क्षेत्र १प्रदेश  क का उम्मेदवार चिन्तामणी पाण्डेले गठवन्धन नेपाल र नेपालीकाे हितमा नभएको बताउनु हुँदै विदेशीकाे इसारामा एमालेका विरुद्धमा गरिएकाे अपवित्र गठवन्धन भएकाे बताउनु भयाे । प्रदेश सदस्य क का उम्मेदवार पाण्डेले विकास र समृद्धिका लागि आफू सधै गुल्मेली जनता सँग हातेमालो गर्दै हिँज पनि लागेकाे र आगामी दिनमा जनताकाे काममा समर्पित रहने प्रतिबद्ध व्यक्त गर्नु भयाे ।

कालिगण्डकी गाउँ पालिकाकाे विस्तारित वैठक तथा कार्यकर्ता भेलामा बाेल्दै नेकपा एमालेका गुल्मी जिल्ला अध्यक्ष बालशिँह काउछाले पार्टी कार्यकर्ता हरु अनुशासित बन्नु पर्ने धारणा राख्नु भयाे । अध्यक्ष काउछाले विगतकाे समिक्षा भईसकेकाे ले अव  भविष्य तय गर्ने बाटाेमा लाग्न  पार्टीको नीति , कार्यक्रम , समृद्धि र विकासको   यात्रकाे व्यापक प्रचारप्रसार गर्दै एमालेकाे पक्षमा माहौल सिर्जना गर्न र मतदाता शिक्षाला अगाडी बढाउन समेत कार्यकर्तालाई आग्रह गर्नु भयाे ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजि ढकालकाे अध्यक्षतामा भएकाे एमालेकाे विस्तारित वैठक र वृहत् कार्यकर्ता भेलामा कालीगण्डकी गाउँपालिकाका सातै वटा वडाकाे सम्बन्धित पार्टीका वडा कमिटी अध्यक्षहरुले रिपोर्टिङ गर्नुु भएकाे थियाे ।

भेलाले नेपाल एमालेका अध्यक्ष रामजी ढकालकाे सँयाेजकत्वमा ५ सय ५५ सदस्यीय नेकपा एमाले कालीगण्डकी निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।कार्यक्रम सन्चालन नेकपा एमाले कालीगण्डकी गाउँपालिका कमिटीका सचिव शेर वहादुर बुढाले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर