विपक्षीहरु पराजित मानसिकतामा पुगीसकेको पाण्डेको दावी

आकाश सुबेदी
गुल्मी, २८ कार्तिक । नेकपा एमालेका तर्फबाट गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभाका उम्मेदवार फर्सुराम पाण्डेले विपक्षी दलहरु पराजित मानसिकतामा पुगिसकेकोले उनीहरुले गर्ने कु प्रचारले आफूहरुलाई केही फरक नपर्ने बताउनु भएको छ ।
जनताको साथ नपाउने निश्चित भएपछि विपक्षी दलका उम्मेदवारहरुले जनतालाई झुठा आश्वासन बाँड्न थालेको बताउँदै पाण्डेले नेकपा एमालेको जीत निश्चित भैसकेको जिकिर गर्नुभयो ।
गुल्मी क्षेत्र नं. १ ख अन्तर्गतको विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रदेश सभाका उम्मेदवार पाण्डेले नेकपा एमालेले नीति र कार्यक्रम बोकेर हिँडने पार्टी भएकोले आफूहरुले पार्टीको नीति अनुसार गाउँ गाउँमा जनतालाई विकासका एजेण्डाका विषयमा बुझाईरहेको उल्लेख गर्नुभयो ।
पाण्डेले भन्नुभयो– हाम्रो पार्टीको नीति तथा कार्यक्रमले पार्टीलाई मात्रै होइन देशलाई नै डो¥याएको छ, विकास निर्माण, शिक्षा र स्वास्थ्य हाम्रो प्राथमिकता हो । हाम्रो पार्टीको सम्पत्ति हाम्रो नीति हो ।
जनताको घर दैलोमा जाँदा मतदाताबाट अपार स्नेह, माया र आशिर्बाद पाएको उल्लेख गर्दै पाण्डेले विपक्षीहरु जस्तो बिचलित हुनुपर्ने आवश्यकता आफूहरुलाई नभएको र ढुक्कले बिजय हासिल गर्ने यात्रामा अघि बढेको बताउनु भयो ।
उहाँले अहिले गुल्मीको सवैभन्दा ठूलो चुनौति पहाड रित्तिदै जानु हो भन्दै अव हाम्रो गाँउघर पहाडलाई हराभरा बनाउने, यही रोजगारीको अवसर सिर्जना गर्ने र युवालाई उद्यमसंग जोडेर पहाडलाई सम्मृद्धितर्फ अघि बढाउने उल्लेख गर्नुभयो ।
उम्मेदवार पाण्डेले भन्नुभयो– अव गाउँघरमै रोजगारीको अभियान सुरु हुनेछ, आफ्नै गाउँलाई कर्मथलो बनाउनु छ, गाउँ खाली हुने अवस्था अन्त्य गरि सिंगो गुल्मीलाई पुनर्जीवित गर्नुछ ।
निर्वाचनबाट जितेर गएपछि मतदाताको आशिर्बाद लिईरहँदा पार्टीको नीति अनुसारका कार्यक्रम अघि बढाउने विषयमा कुनै कञ्जुस्याई नगर्ने उहाँको प्रतिवद्धता छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर