आकाश सुबेदी
गुल्मी, १ मंसिर । गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका गोकर्णराज विष्टको ह्याट्रिक गर्ने सपना पूरा हुने भएको छ ।
विष्टलाई चुनौति दिएकी नेकपा समाजबादीकी रामकुमारी झाँक्रीको पहिलोपटक संघीय सांसद वन्ने सपना तुहिने भएको छ ।
लुम्बिनी प्रदेश सभामा नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी प्रत्यक्ष र समानुपातिक दुबैतर्फ शुन्य सिट हुने उच्च जोखिम देखिएपछि गुल्मी २ मा गोकर्णको जीत निश्चित भएको हो ।
स्थानीय तहको मत र त्यसयता नेकपा समाजबादी पार्टी छाड्ेर एमालेमै फर्किनेको तथ्यांकले लुम्बिनी प्रदेशमै नेकपा एस शुन्य हुने सम्भावना रहेको देखिएको छ ।
अर्कोतर्फ स्थानीय तह चुनावमा एउटा पनि पालिकामा प्रमुख र उपप्रमुख पद जित्न नसकेको एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवारहरुले प्रदेशभर ३२ हजार ७ सय ७० मत पाएका थिए । समानुपातिकमा निर्वाचित हुन सम्बन्धित दलले प्रदेशमा कुल खसेको सदर मतको कम्तीमा १.५ प्रतिशत मत पाउनुपर्छ ।
झाँक्रीलाई अर्को चुनौति के छ भने नेकपा समाजबादी नयाँ पार्टी, त्यसमा पनि स्थानीय निर्वाचनमा त्यसको हैसियत जनताले थाहा पाईसकेकोले जनतालाई पहिले पार्टी बुझाउनै र चिनाउनै समस्या छ ।
अर्कोतर्फ गुल्मी क्षेत्र नं. २ का मतदाताले यसपटक विष्टलाई जिताएर यसअघि सुरु भएका विकासका आयोजना पूरा हुने आशामा छन ।
निर्वाचन प्रचार प्रसारको क्रममा विष्टको चुनावी प्रचार प्रसारका कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिताले विष्टले भारी मतान्तरले विजय हासिल गर्ने स्थानीय जनताको दावी छ ।
विष्टलाई चुनौति दिएकी झाँक्रीलाई गुल्मीका मतदाताले पार्टी नै विभाजन गरेर निर्वाचन लड्न आएको भन्दै झाँक्रीप्रति असन्तुष्टी व्यक्त गरेको र पार्टी नै विभाजन गर्नेलाई कसरी मत दिने भन्दै प्रश्न गर्ने गरेका छन ।
उता विष्टको राजनीतिक उचाई र यसअघि दुईपटक मन्त्री हुँदा विष्टले गरेको कामको योगदान गुल्मी २ का मतदाताले विर्सेका छैनन् ।
विष्टले समेत आफू मन्त्री हुँदा यस क्षेत्रका युवालाई रोजगारीमा जोड्न र आफ्नो क्षेत्रमा विकासका योजना ल्याउन अधिक प्रयास गरेको बताउनु हुन्छ ।
विष्ट दुई कार्यकाल प्रतिनिधि सभाको सदस्य निर्वाचित हुँदा गुल्मी २ मा धेरै विकासका काम भएका छन, धेरै युवाले रोजगारी पाएको स्थानीय जनताले बताएका छन ।
त्यसो हुँदा पनि विष्टको राजनैतिक उचाईका अगाडि झाँक्री कमजोर भैसकेको स्थानीयले बताएका छन ।
उता उम्मेदवार विष्टले चुनावी अभियान अन्तर्गत जनताको घरदैलो गर्दैगर्दा जनताले गरेको न्यानो स्वागतले जीत सुनिश्चित गरेको बताउनु भएको छ ।
आफूले विगतमा जनताका सामु गरेका बाचा र प्रतिवद्धता पूरा गरेकोले पनि यो निर्वाचनमा आफूलाई मतदाताले अत्याधिक मत दिएर जिताउने उहाँको विश्वास छ ।
जनताको आधारभूत आवश्यकता पूरा गरेको छु, यस क्षेत्रका युवालाई रोजगारीमा जोडेको छु, गाउँघरमा सडक, खानेपानी, विजुली, पुल, अस्पताल स्थापना गर्न दिनरात लागेको छु’ उम्मेदवार विष्टले भन्नुभयो– उर्जा मन्त्री हुँदा गाउँगाउँसम्म बिजुली पु¥याएको छु, त्यसैले जनताको प्यारो छु र ढुक्कसंग जित्छु ।
उहाँले आफ्नो जितको आधार प्रस्तुत गर्दै गुल्मेली जनताको जीवनमा परिवर्तन ल्याउने काम गरेको बताउँदै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गुल्मीमा १० देखि १२ हजार युवालाई रोजगारी प्रदान गरेको बताउनु भयो ।
अझैपनि गर्न धेरै बाँकी छ, दुर्गम गाउँबस्ती छ, छरिएको बस्ती छ, विकास गर्न पनि चुनौति छ तर ती चुनौतिलाई छिचोल्दै जनताको आवश्यकता बुझ्दै अघि बढेका छौं, विष्टले भन्नुभयो– जितेर गएपछिको पाँच बर्षभित्रमा धेरै काम गर्नुछ, जनताको मुहारमा खुसी ल्याउनु छ ।
उहाँले अवको काम गुल्मीको विकाससंगै ठेक्का प्रणाालीमा देखिएको ढिलासुस्ती सुधार गर्नुमा आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयो । विकास प्रणालीमा अहिलेसम्म कायम रहेको परम्परालाई तोड्दै मुलुककै विकास नयाँ शिराबाट गर्न नयाँ काम र योजना प्रस्तुत गर्ने भन्दै विष्टले अहिलेसम्म भएका समस्या तोड्ने प्रतिवद्धता जनाउनु भयो ।
ADVERTISEMENT

धुर्काेट गाउँपालिका गुल्मी