विपना महत : चिया बेच्दै पढ्दै, मासिक ९० हजार कमाउँदै

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका- २ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन् ।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्छिन् । ‘चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ’, उनी भन्छिन्,’सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ ।‘

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन् । माध्यमिक शिक्षा परीक्षा एसइई पछि उनी पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन् । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन् ।

उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन् । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन् ।

तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छन् । अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन् । ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ’, उनी भन्छिन्,’मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’

तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ । थर्मसमा राखेर चिया बेच्दै गुल्मीकी २० वर्षीया सपना महत । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत् उनले चिया बेचेर मासिक ९० हजार कमाउछिन् ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले सुनाइन् । उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्कन्छिन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्किन्छन् । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनैदिन पनि नरहेको विपनाले बताइन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन्। कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् । उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन् । उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन् ।

विपनाका बुवा हरिबहादुर कृषक हुन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ । विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन् ।

उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको बुझाइ छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दैछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर