बाख्रा टाेक्न छाडेनन भुस्याहा कुकुरल
कृष्ण अन्जान /थानपती
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
रुरुक्षेत्र गाउँ पालिका वडा न ३ काे थानपति क्षेत्रमा भुस्याहा कुकुरको आतंकले उग्र रुप लिएकाे छ । गत बुधबार अपरान्ह रुरुक्षेत्र ३ स्यालपाेखरीका दुर्गा बहादुर विककाे बाख्राकाे पाठाेलाई समुहमा आएका भुस्याहा कुकुरले दुईतिरबाट लुछेर लछारपछार पार्दै घाईते मात्र बनाएनन कुकर लखेट्न जाँदा घरधनी इन्दु वि क लाई समेत भुस्याहा कुकुरको जमातले लखेटेकाे थियाे ।
गाेठमा रहेको बाख्राकाे पाठालाई कुकुरले टाेक्न थाले मैले लखेट्न जाँदा मलाई समेत लखेेटे ,घर भित्र दगुरेर जाेगिएँ इन्दु विकले भनिन । भुस्याहा कुकुरको आतंकले यतिबेला रुरुक्षेत्रकाे ३ थानपती र १ च्यूरेककाे स्थानीय आतंकित छन ।
किसानले पालेका बाख्रा घरमै आएर टाेक्ने लछारपछार पार्ने गर्न थालेपछि हाम्रो समस्या कस्ले बुझ्ने ,भएकाे क्षति कसले भर्ने दुर्गा बहादुर विकले गुनासाे गरे ।
यस अघि रुरुक्षेत्र १ मा सीता विक ,३ मा रिता नेपाली र युवराज गौतमकाे घरमा यसैगरी बाख्रा माथी भुस्याहा कुकुरको समुहले आक्रमण गरि घाईते बनाएकाे र केही बाख्रा मरेका समेत थिए । रुरुक्षेत्र गाउँपालिकाले बजेटै व्यवस्थापन गरेर कुकुर बन्ध्याकरण गर्ने ,एन्टिरेविजकाे ईन्जेक्सन लगाउने काम गरिरहेपनि कुकुर आतंक भने समाधान भएकाे छैन र झन पछि झन गाउँघरतिर भुस्याहा कुकुरको आतंक बढेकाे पाईएकाे छ।