गुलियो गाउँ गु्ल्मीको थोर्गामा उत्पादित गुँड ब्रान्डेड बन्द
कृष्ण अन्जान
गुल्मी
रुरुक्षेत्र गाउँपालिका वडा न ३ माझगाउँका दिलबहादुर क्षेत्रिको दिनचर्या ताउलामा गुँड घोट्नै मै बित्छ ।
बिहानै उठेदेखि उनी र उनकी मेडम उर्मिला क्षेत्री गुँड उत्पादन गर्नमै व्यस्त हुन्छन ।
यो क्षेत्रमै गुँड उत्पादनमा अग्रणि किसान केही वर्ष देखि व्यवसायीक गुँड उत्पादनमा कृयाशिल मात्र छैनन उनले पारेको गुँड बुटवल नारायण गढ देखि काठमाडौं सम्म पुग्छ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
महिनाको पन्द्र देखि बीस क्विन्टल गुँड उत्पादन गरेको बताउने दिल बहादुर लाई यतिबेला गुँड उत्पादनमा यति रस बसेको छ कि यो नै उनको व्यवसाय हो ।
जति पारेपनि पुर्याउनै सकिदैन , दिनैपिच्छे थोर्गेली गुँडको माग बढिरहेको छ दिल बहादुर भन्छन ।
थोर्गा उखु खुदो र गुँडको उत्पादनका लागि यतिबेला प्रसिद्ध भएको छ ।मुख्य रुपले यहिक्षेत्रको खुदो बाट उत्पादन हुने गुँड अर्गानिक छ ।
दिल बहादुर जस्तै यो गाउँका इन्दुवर ज्ञवाली , चोलानाथ ज्ञवाली , रामचन्द्र ज्ञवाली र लेखनाथ ज्ञवाली पनि कहलिएका गुँड उत्पादक किसान हुन ।
मैले उत्पादन गरेको गुँड काठमाडौको बजारमा जान्छ , यहाँबाट उत्पादन गरेर पठाउछु सजिलै उचित मुल्यमा बिक्री हुन्छ इन्दुवर ज्ञवालीको भनाई छ ।
बिहानै देखि गुँड घोट्न व्यस्त रहने यि गुँड उत्पादक किसान हरुले हरेकले दिनको एक क्विन्टल गुँड उत्पादन गर्छन ।
किलोको दुई सय तीस होलसेलमा जाने गुँड काठमाडौको बजारमा पुग्दा चार सय रुपैयाँ किलोमा बिक्री हुने गरेको छ ।
दिलबहादुर ले बर्षभरिमा तिसलाख भन्दा बढिको गुँडको कारोबार गर्छन जुन ग्रामीण क्षेत्रमा ठुलै व्यवसाय हो ।
यहाँ उत्पादन हुने गुँडमा मसालेदार , फसफसे , हाडे र चाम्रे हो र यी चारै प्रकारका गुँडको स्वाद स्वादिष्ट मात्र होईन स्वस्थ बर्धक छन ।
थोर्गाबाट आफन्त कहाँ पाहुर लैजान किलोका किलो गुँड बिक्छ उत्ति अर्डर आउँछ पुर्याउनै गाह्रो मात्र छैन गुँड पार्न भ्याई नभ्याई छ ।
यी किसान हरुले वर्ष भरिनै गुँड पार्छन र जहिले पनि उनिहरुको घरमा गुँड उपलब्ध छ ।
लामो समय बैदेशिक रोजगारी बाट फर्केपछि दिलबहादुर लाई आफ्नै गाउँमा फर्केर व्यवसाय गर्ने रहर जाग्यो र करिब पाँच वर्ष देखि यहि पेशालाई आफ्नो व्यवसाय बनाएका हुन ।
इन्दुवर ज्ञवाली पुर्व नेपाल आर्मीका रिटायर्ड हुन भने लेखनाथ ज्ञवाली पुर्व शिक्षक हुन ।गुँड उत्पादक रामचन्द्र ज्ञवाली र चोलानाथ ज्ञवाली गाउँका राम्रा किसान हुन ।
शुरुशुरुमा यो पेशाले जीवन धान्न सकिन्छ कि सकिन्न भन्ने पिरलोमा रहेका यी किसानहरु लाई गुँड पार्ने व्यवसायमा यसरी टक बस्योकि यहि पेशाले जीवन धान्न परिवारको लालन पालन गर्ने एउटा बलियो आधार बनेको उनिहरुको भनाई छ ।
यतिबेला यी किसान हरुका पौरखी हातहरु गुँडका ताउलामा नाचिरहेका मात्र छैनन समृद्धि तर्फ पनि उन्मुख छन । गत वर्ष मात्रै करिब डेढ करोडको गुँडको व्यापार गरेका यी उधमी किसान हरुले करिब दुई करोडको गुँडको कारोबार गर्ने लक्ष लिएका छन ।