रिडी झरेपछि साथिभाईकाे भेटघाटकाे छहारी बनाउँदै लिलेकाकाका
कटेज कृष्ण अन्जान गुल्मी
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
रिडीबजारकाे पश्चिम तिरकाे पल्लाे छेउँ । अर्घाखाँचि तिर तेर्साेलाग्ने माेटर बाटाेकाे अलि तल चिटिक्क परेर रँग राेगन गरिएकाे एकतले घर र त्यहि घर तल बाँसले बारेकाे र खरले छाएका दुईवटा बान्कि मिलेका छाप्रा ,सफा सुग्घर टेबल कुर्सी , अनि माथिल्लो दलानमा पनि त्यसरी राखिएका कुर्सी टेबल यहि हाे लिलेकाकाकाे कटेज ।
रिडीबजारका पुराना बासिन्दा लिला कँडेल यतिबेला लिलेकाकाकाे कटेज खाेलेर रिडीबजारमा चर्चामा छन ,त्यसाे त हरेक क्षेत्रमा रमाइला कँडेललाई नचिन्ने काेहि छैन ।लामाे समय ड्राईभिँग पेशामा जाेडिएका उनकाे जान पहिचान पनि धेरै छ ,तर बिस्तारै उमेर ढल्किन थालेपछि लिलाले याे कटेक खाेलेर आफ्नो लिला देखाउन शुरु गरेका छन ।व्यवसायीक रुपमा कटेज शुरु गरेकाे छु र याे कटेज म साथिभाईलाई रिडीबजारमा भेट्ने गफ गर्ने सँगम स्थल बनाउने साेँचमा छु लिला कँडेलले भने ।
साथिभाई भेट्ने सँगमस्थलमा उनले परिकार पनि उहीँ गुणस्तरकाे पस्किन थालेका छन । सबैभन्दा मज्जाकाे कुरा त रिडीबाट लाेप हुन थालेकाे बाेकाकाे मासुकाे परिकार एकपाक उनकाे कटेजमा जतिबेला पाईन्छ ।एकपाक यस्तो परिकार हाे जुन रिडीमा मात्र बन्छ र यसकाे स्वादले ग्राहकलाई लाेभ्याउँछ ,याे परिकार कसैले चाहेमा रेडिमेड किलाेकाे पन्द्र सयमा घरलान सक्ने गरि तयार हुने कँडेलले बताए । उनकाे कटेजमा मटनका परिकारमा भुटन ,मटन फराई ,तास ,झाेलमासु सबै व्यवस्था छ भने चिकनमा राेष्ट ,ललिपप,लेगपिस ,चिकेन चिल्लि, चिकेन चाउमिन सबैकाे व्यवस्था छ । खानाका परिकारमा लाेकल चामलकाे भात ,लाेकल दाल,लाेकल गाउँकाे तरकारी ,गाउँकाे माेहि ,कुसेनीकाे एकराते लाेकल दहि उनकाे कटेजमा पाईने परिकार हुन । लाेकल कुखुराको मासु ,सुप ,हाँसकाे छाेएलाकाे स्वाद पनि उनकाे कटेजमा पाईने परिकार हुन ।भेज र ननभेज खाना ,गाउँकै मिसिनमा पिसेकाे गहुँको राेटि यतिमात्र हाेईन लिलेकाकाकाे कटेजमा काेदाे ,मकै ,फापर ,गहुँको ढिँडाे र राेटीपनि अर्डर अनुसार खान पाईन्छ भने पदिना ,धनियाँ र टिमुर हालेर पिसेकाे टमाटरकाे चटनि र टिमुर लगाएतका अन्य फर्सिका बिँगा लगाएतका गाउँले उत्पादनका छाेप पनि पाईने उनकाे भनाई छ । खाेलेसाग ,जलुका ,च्याउ ,सिस्नाे सिजनमा निउराे जे जे लाेकल पाईन्छ उनले आफ्नो कटेजमा उपलब्ध गराने बताउँछन् ।
मेराे उद्देश्य लाेकल स्वाद पस्केर लिलेकाकाकाे कटेजमा आउनेलाई पल्काउने हाे र यसका लागि मेराे प्रयास जारी छ कँडेलले भने ।अत्यन्तै चतुर र बेस्सरी जन सम्पर्क बनाएका लिला कँडेलकाे कटेजमा ग्राहकहरु पनि बिस्तारै बढ्न थालेका छन ।करिब दुईवर्ष पर्यटकिय शहर पाेखरा तिर बसेका उनी त्याहँका धेरै पर्यटकीय ठाउँहरुकाे भ्रमण गरिसकेपछि पाेखराकाे सिकाे गर्दै रिडीमा कटेज खाेलेकाे बताउँछन् ।रिडीपनि पर्यटकीय केन्द्रकाे रुपमा विकास गर्दै गर्दा यस्ता कटेज र रेष्टुरेन्ट हरु आवस्यक मात्र हाेईन वरिपरिका गाउँहरुमा पनि साथिभाई हरुले ससाना कटेज रिसाेर्ट खाेल्दा राम्रै हुने र फरक फरक स्वाद र ठाउँकाे मज्जा रिडी आउने आन्तरिक र बाह्य पर्यटकले लिन पाउने उनकाे ठम्याई छ ।