थाेर्गेली उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकार गठन
कृष्ण अन्जान /थाेर्गा गुल्मी
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
रुरुक्षेत्र गाउँ पालिका वडा ३ काे थानपति ,वडा न ४ काे दार्सिँगवास र वडा न १ काे च्यूरेक क्षेत्र उँखु उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ ।तर लामाे समय सम्म परम्परागत शैलि अपानाईँदै आएकाे याे क्षेत्रलाई विगत दुईचार वर्ष देखि केही आधुनिक बनाईँदै आएपनि उँखु उत्पादन किसानहरु सँगठित नहुँदा उत्पादन जन्य वस्तुकाे मुल्यमा एकरुपता देखिएकाे छैन ।
त्यसाेत यसक्षेत्रकाे गुँड यतिबेला देशैभरि ब्रान्ड बनेकाे छ र याे गुँड यहाँका उत्पादक हरुले बजारमा माग अनुसार पुर्याउन सकेका छैनन ।यहाँका व्यवसायीक गुँड उत्पादक किसानको घरमा गुँड खुदाे किन्नेकाे हारालुछ छ र ग्राहक हरुलाई रित्तै फर्कनु पर्ने अवस्था छ । बढदाे मागलाई मध्यनजर गर्दै यसक्षेत्रमा उँखु जन्य उत्पादनलाई बढाउँदै किसानलाई सँगठित गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिका वडा न ३ मा रहेकाे स्वास्थ चौकिकाे सभाहल याे क्षेत्रका उँखु किसान र सराेकार वालाहरुले मँगलबार डमक्कै भरिएकाे थियाे ।
सामाजिक श्राेत विकास केन्द्रले आयाेजना गरेकाे सहकारी गठनका लागि भेला तथा सहकारी पुर्व शिक्षा कार्यक्रममा किसानहरुलाई सहकारी गठन प्रक्रिया र यसकाे प्रभाव बारे रुरुक्षेत्र गाउँपालिकामा सहकारी हेर्ने अधिकारी दामोदर ज्ञवालीले प्रशिक्षण दिँदै मुख्य रुपमा याे क्षेत्रमा उँखुजन्य पदार्थको उत्पादनलाई प्राथमिकतामा राखेर बहुउद्देश्यीय सहकारी गठनमा जाेड दिएका थिए ।
उँखुजन्य पदार्थको उत्पादन बजारीकरण लाई केन्द्र बिन्दुमा राखेर काम अगाडी बढाउने गरि साेहि भेलाले रुरुक्षेत्र गाउँ पालिका वडा न १ ,३ र ४ लाई समेटेर रुरु बहुउद्देश्यीय सहकारी सँस्था नाम रहने गरि तदर्थ समिति गठन गरिएकाे छ । भेषराज ज्ञवालीकाे अध्यक्षतामा गठित तदर्थ समितिकाे उपाध्यक्ष ,सचिव सहसचिव , काेषाध्यक्षमा क्रमशः कविता गौतम ,वेद प्रसाद पन्त कुसुम साेमै र राम बहादुर खत्रीरहेका छन ।यसेगरि सदस्यहरुमा भवानी शँकर पन्थ,लेखनाथ गौतम र दिनानाथ ज्ञवाली रहेका छन ।
पहिलो प्राथमिकतामा सहकारीकाे दर्ता प्रक्रियालाई अगाडिु बढाउने र उँखु जन्य उत्पादनलाई प्राेत्साहन ,बजारीकरणमा भुमिका खेल्दै अन्य उत्पादन हरुलाई पनि सहकारी सँग जाेड्ने गरि बहुउद्देश्यीय सहकारीकाे अवस्यकता महशुस गरि गठन गरिएकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।हेफर प्राेजेक्टले उँखुजन्य पदार्थकाे उत्पादन र प्रसाेधन गर्दै खुदाे ,गुँड र क्याडबरि समेत उत्पादन गर्न सक्ने करिब चालिसलाखकाे मसिन जडान गर्ने तयारी गरेकाले यसलाई पनि सहाकारी मार्फत सन्चालन गरि काम अगाडी बढाईने वडाध्यक्ष पौडेलले बताए ।
यतिबेला रुरुक्षेत्र ३ काे थानपती वडा न ४ काे दार्सिँगवास क्षेत्रमा अत्यधिक रुपमा उँखु उत्पादन भईरहेकाे र रुरुक्षेत्र १ काे च्यूरेक क्षेत्रका किसानहरु पनि उँखु खेतिमा आकर्षित हुन थालेका छन ।