श्री नव प्रगतिशिल युवा क्लव छत्रकोट -३, धरमपानी, गुल्मीले आज आउदै गरेको नँया वर्ष -२०८० सालको भित्तेपात्रो( क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।
छत्रकोट-३ नं. वडा कार्यालय भवनको प्रागंणमा आयोजित कार्यक्रमको प्रमुख अतिथी छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेय, विशेष अतिथी पालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, वडाध्यक्ष तेजकान्त अर्याल लगायत क्लवका सल्लाहकार, समाजसेवी लगायत धरमपानी आसपासका जनसमुदाय हरुको बाक्लो उपस्थिति थियो।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
क्लवका अध्यक्ष जिवन पन्थको अध्यक्षताबाट शुरु भएको कार्यक्रममा महिला उपाध्यक्ष मनिषा श्रेष्ठले स्वागत मन्तव्य बाट दिनु भएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष जनक पन्थ, सल्लाहकार गंगा पन्थ, सल्लाहकार संयोजक वैकुण्ठ प्र. पन्थ, वडाध्यक्ष तेजकान्त अर्याल, विशेष अतिथी सावित्रा ज्ञवाली प्रमुख अतिथी रामप्रसाद पाण्डेयले शुभकामना मन्तव्य सहित नँया वर्षको शुभकामना दिनुभएको थियो
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष पाण्डेयले यस क्लव छत्रकोटको मात्र नभएर जिल्लाकै एक अब्बल क्लव भएकोमा प्रशंसा गर्दै, आगामी दिनमा सामाजिक काममा यस क्लव अझै सक्रिय रुपले लागीपरोस् भन्दै क्लवको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो।
शुभकामना मन्तव्य दिदै क्लवका संस्थापक अध्यक्ष जनक पन्थले आफ्नो नेतृत्वमा जन्माएको क्लव यो उचाईमा पुग्न सफल भएकोमा ख़ुशी व्यक्त गर्दैँ वर्तमान कार्यसमितिको उच्च प्रशंसा गर्नुभएको थियो, साथै उँहाले क्लवको पहिलो आजीवन सदस्य लिने घोषणा पनि गर्नु भएको थियो।
कार्यक्रमको संचालन क्लवका सचिव मेघराज कण्डेलले गर्नु भएको थीयो ।