पहिचान नखुलेकोे शव फेला !

६ वैशाख, गुल्मी । गुल्मीमा पहिचान नखुलेको मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिर स्थित पानियाटे खोलामा नाम थर वतन लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
शवको शरिर सडीगली दुर्गन्धित भई मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । शवको घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पहिचाहनको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
शवलाई कोही कसैले पहिचान गर्नुहुने आफन्त तथा नातेदार भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर