पन्थ कन्ट्रक्सनकाे प्रतिष्ठाकाे विषय बन्दै सालबिसाउना स्यालपाेखरी पानीटँकि सड
कृष्ण अन्जान
थाेर्गा गुल्मी
बिहानै देखि रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेक र वडा न ३ थानपति भएर जाने सालबिसाउना स्यालपाेखरी पानीटँकि सडक खण्डमा पन्थ कन्ट्रक्सनका टिप्पर हरु दौडि रहेका भेटिन्छन भने ग्रेडर राेलर र जेसिबिले सडक निर्माण काे काम गरिरहेका हुन्छन ।
साल बिसाउना देखि पानीटँकि सम्म ठाउँ ठाउँमा सडक कामदार हरुले ग्याभिन ,मसिनरी र सपाेर्टिँग वाल लगाई रहेका देखिन्छन् ।
यतिबेला पन्थ कन्ट्रक्सनले याे सडक निर्माणलाई आफ्नो प्रतिष्ठाकाे विषय बनाएकाे छ ।
अत्यन्तै चुनौति र सँभावनाका बिचमा हामीले काम जारी राखेका छौँ ,काम गरिएकाे छ रकम निकासा भएकाे छैन वास्तवमा भन्नु पर्दा आफ्नै खल्ति रित्याएर काम गर्नु परेकाे छ “पन्थ कन्ट्रक्सनका सन्चालक सुमन पन्थले भने ।
सबैभन्दा ठुलाे कुरा विश्वास हाे र विश्वसनीयता कायम गर्न र आफ्नो प्रतिष्ठाका लागि पनि जसरी हुन्छ याे सडक निर्धारित समयमै काम सम्पन्न गर्ने गरि निर्माण कार्य अगाडी बढाईएकाे छ पन्थले भने ।
याे सडक नबन्दा लामाे समय सम्म थाेर्गेली जनताले गाउँबाट जँगल तिरबाट गाडि दगुरेकाे हेरि रहे।
तानसेन रिडी तम्घास माेटरबाटाे जँगल तिरबाट लगियो त्यहि बाटाे कालाेपत्रे भयाे तर जँगल तिरबाट बाटो गएपछि सडक भएर पनि थाेर्गा विकट जस्तो बन्याे ।
तानसेन रिडी तम्घास माेटरबाटाेमा झरेर गाउँ आउन धेरै सकस बेहाेरे थाेर्गेली जनताले । पुरानो पुस्ताले यहि माेटरबाटाेलाई गाउँ हुँदै जान दिएनन ।

गाउँबाट माेटरबाटाे गए छाेरि बुहारी बिग्रन्छन भन्ने अत्यन्तै गलत साेँच र सकिर्ण मनस्थितिका कारण करिब पचास वर्ष थाेर्गेली जनताले कष्ट भाेगे ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

गाउँबाट माेटरबाटाे लाने प्रयास त्यतिबेला पनि नभएकाे हाेईन तर लाठमुँग्रा सम्मकाे अवस्था सिर्जना भएपछि बाटाे गाउँ भन्दा करिब दुई किलाेमिटर तल जँगलबाट गयाे र सडककाे सुविधाबाट थाेर्गा गाउँ पछि पर्याे ।

थाेर्गेली हरुले सडकका लागि लामाे समय कुर्नु पर्याे तर पछिल्लो पिँढीकाे सुजबुझ पुर्ण निर्णयले ढिलै भएपनि गाउँकाे माथिल्लो भाग छिचोल्दै सडककाे ट्र्याक खाेलियाे ।
पटकपटककाे बजेट बिनियाेजन पछि सालविसाउना स्यालपाेखरी पानी टँकि सडकमा ठुला गाडि चल्न सक्ने भए र दैनिक एउटा बस गाउँ हुँदै बुटवल जान थाल्याे र यहि सडक सँग जाेडिएर सहायक सडक पनि खाेलिएपछि गाउँमा अावत जावतमा सहजता भयाे ।

लामाे समयकाे कसरत पछि थाेर्गा गाउँका अभिभावक समेत रहेका लुम्बिनी प्रदेशका पुर्व साँसद कमल राज श्रेष्ठको प्रयासमा सडकका लागि करिब अठार कराेडकाे बजेट प्रदेश सरकारबाट बिनियाेजन भए सँगै पन्थ कन्ट्रक्सनलाई परेकाे ठेक्कामा याे सडककाे स्तराेन्नति शुरु गरिए पछि अब थाेर्गेली जनता सडक बन्नेमा आशावादि देखिएका छन ।
मुख्यतया श्रेष्ठको आफ्नै ठाउँकाे सडक भएकाले पनि सडक निर्माणमा प्रत्यक्ष निगरानीका कारण सडक बेलैमा सम्पन्न हुनेमा कुनै शँका छैन ।

कहिले च्यूरेक तिर बन्दै गरेकाे सडक त कहिले थानपति तिरकाे सडकमा श्रेष्ठ नपुगेको दिनै छैन ।सडकलाई गुणस्तर र दिगाे बनाउने काममा थाेर्गाकाे आम जनता यतिबेला एकजुट भएर लागेकाे छ ।
तानसेन रिडी तम्घास माेटरबाटाेकाे लिँक राेडकाे रुपमा रहेकाे सालविसाउना स्यालपाेखरी पानी टँकी सडक थाेर्गाकाे गौरवको अयाेजना हाे ।
करिब सात किलोमिटर काे याे सडककाे स्तराेन्नतिले नजिकका शहर तानसेन बुटवल सँग थाेर्गेलीहरुलाई झनै नजिक मात्र बनाउँदै आवत-जावतमा समेत सहजता हुन्छ ।

यसै गरि यहि सडक जाने च्यूरेक लिचि ब्लक क्षेत्रकाे रुपमा रहेकाे लिचि गाउँकाे उत्पादित र उँखु ब्लक क्षेत्रकाे रुपमा रहेकाे थानपतिकाे उँखु खुदाे र गुँड शहर सम्म पुर्याएर अाय अार्जनमा सहज हुनेछ भने थाेर्गाकाे तरकारी र खसिबाेकाकाे अर्गानिक स्वाद बुटवल नारायणगढ काठमाडौंमा समेत चाख्न पाईने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर