कृष्ण अन्जान, गुल्मी । बिहानैदेखि रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेक र वडा न ३ थानपति भएर जाने सालबिसाउना स्यालपाेखरी पानीटंकी सडकखण्डमा पन्थ कन्ट्रक्सनका टिप्परहरु दौडिरहेका भेटिन्छन भने ग्रेडर राेलर र जेसिबिले सडक निर्माण काे काम गरिरहेका हुन्छन ।
सालबिसाउनादेखि पानीटंकीसम्म ठाउँ ठाउँमा सडक कामदारहरुले ग्याभिन, मसिनरी र सपाेर्टिँग वाल लगाईरहेका देखिन्छन् ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
पन्थ कन्ट्रक्सनले आफुले याे सडक निर्माणलाई आफ्नो प्रतिष्ठाकाे विषय बनाएकाे बताएको छ। “अत्यन्तै चुनौति र सँभावनाका बिचमा हामीले काम जारी राखेका छौँ, काम गरिएकाे छ तर रकम निकासा भएकाे छैन। वास्तवमा भन्नुपर्दा आफ्नै खल्ति रित्याएर काम गर्नु परेकाे छ ” पन्थ कन्ट्रक्सनका सन्चालक सुमन पन्थले भने ।
सबैभन्दा ठुलाे कुरा विश्वास हाे र विश्वसनीयता कायम गर्न र आफ्नो प्रतिष्ठाका लागि पनि जसरी हुन्छ याे सडक निर्धारित समयमै काम सम्पन्न गर्ने गरि निर्माण कार्य अगाडी बढाईएकाे पन्थको भनाई छ।
याे सडक नबन्दा लामाे समयसम्म थाेर्गेली जनताले गाउँबाट जँगल तिरबाट गाडि दगुरेकाे हेरिरहे। तानसेन-रिडी-तम्घास माेटरबाटाे जँगलतिरबाट लगियो त्यहि बाटाे कालाेपत्रे भयाे तर जँगल तिरबाट बाटो गएपछि सडक भएर पनि थाेर्गा विकट जस्तो बन्याे । तानसेन रिडी तम्घास माेटरबाटाेमा झरेर गाउँ आउन धेरै सकस बेहाेरे थाेर्गेली जनताले । पुरानो पुस्ताले यहि माेटरबाटाेलाई गाउँ हुँदै जान दिएनन ।
गाउँबाट माेटरबाटाे गए छाेरि सामाजिक र सांस्कृतिक विचलन आउछ भन्ने अत्यन्तै गलत साेँच र सकिर्ण मनस्थितिका कारण करिब पचास वर्ष थाेर्गेली जनताले कष्ट भाेगे ।
गाउँबाट माेटरबाटाे लाने प्रयास त्यतिबेला पनि नभएकाे हाेईन तर लाठमुँग्रासम्मकाे अवस्था सिर्जना भएपछि बाटाे गाउँभन्दा करिब दुई किलाेमिटर तल जँगलबाट गयाे र सडककाे सुविधाबाट थाेर्गा गाउँ पछि पर्याे ।
थाेर्गेलीहरुले सडकका लागि लामाे समय कुर्नु पर्याे तर पछिल्लो पिँढीकाे सुजबुझ पुर्ण निर्णयले ढिलै भएपनि गाउँकाे माथिल्लो भाग छिचोल्दै सडककाे ट्र्याक खाेलियाे ।
पटकपटककाे बजेट बिनियाेजन पछि सालविसाउना स्यालपाेखरी पानीटंकी सडकमा ठुला गाडि चल्न सक्ने भए र दैनिक एउटा बस गाउँ हुँदै बुटवल जान थाल्याे र यहि सडक सँग जाेडिएर सहायक सडक पनि खाेलिएपछि गाउँमा अावत जावतमा सहजता भयाे ।
हाल सडकका लागि करिब अठार कराेडकाे बजेट प्रदेश लुम्बिनी प्रदेश सरकारबाट बिनियाेजन भएसँगै पन्थ कन्ट्रक्सनलाई परेकाे ठेक्कामा याे सडककाे स्तराेन्नति शुरु गरिए पछि अब थाेर्गेली जनता सडक बन्नेमा आशावादि देखिएका छन ।
तानसेन रिडी तम्घास माेटरबाटाेकाे लिँक राेडकाे रुपमा रहेकाे सालविसाउना स्यालपाेखरी पानीटंकी सडक थाेर्गाकाे गौरवको अयाेजना हाे ।
करिब सात किलोमिटर काे याे सडककाे स्तराेन्नतिले नजिकका शहर तानसेन बुटवल
सँग थाेर्गेलीहरुलाई झनै नजिक मात्र बनाउँदै आवत-जावतमा समेत सहजता हुन्छ ।
यसै गरि यहि सडक जाने च्यूरेक लिचि ब्लक क्षेत्रकाे रुपमा रहेकाे लिचि गाउँकाे उत्पादित लिची र उँखु ब्लक क्षेत्रकाे रुपमा रहेकाे थानपतिकाे उँखु खुदाे र गुँड शहरसम्म पुर्याएर अाय अार्जनमा सहज हुनेछ भने थाेर्गाकाे तरकारी र खसिबाेकाकाे अर्गानिक स्वाद बुटवल, नारायणगढ, काठमाडौंमा समेत चाख्न पाईने छ ।