ओखलढुङ्गामा लगातारको वर्षापछिको पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।
गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षका रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उहाँकी २९ वर्षिय श्रीमती शिवमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाका छोरी कृतिका पहिरोमा परि वेपत्ता हुनुभएको छ। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
राति करिब ११ बजेको समयमा बस्ति माथिबाट आएको पहिरोले गुरुङसँगै अन्य तीन घर पहिरोले बगाएको छ ।
बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको छ ।