दासढुंगा नजिक बस दुर्घटना

चितवनमा सडकबाट बस खस्दा १९ जना यात्रुहरु घाइते भएका छन्।

बिहान सवा ५ बजेतिर नारायणगढ(मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१(००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खसेको हो।करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको थियो।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये २ जना भारतको सिलगुडीका छन्। उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। डिएसपी पण्डितले सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर