सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

रुपन्देही – बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी गराउन अस्ति सोमवार अस्पताल भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भइ अहिले रुपन्देहीको भैरहवा बस्ने ३२ वर्षकी भवानी रास्कोटीको ज्यान गएको हो । अस्पतालमा बच्चा जन्माएपछि भवानीको हिजो ज्यान गएको हो । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

तर सुत्केरीको ज्यान जानुको कारण खोज्दा विवाद शुरु भएको थियो । विवाद सुल्झाउन गएराति अबेरसम्म वार्ता भएको र त्यसक्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई आफन्तबाट कुटपिट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।

उहाँले घटनाका वारेमा थप अनुसन्धान भइरहेको समेत बताउनुभएको छ । कुटपिटबाट घाइते भएका डाक्टर बस्यालको लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार भैरहेको छ । अस्पतालमा तोडफोडसहित कुर्ची भाँचेर उनीहरुले डाक्टर बश्याललाई प्रहार गरेका त्यहाँ कार्यरत डाक्टरको भनाइ छ ।

घटनापछि अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले डाक्टरमाथि नै हातपात हुनु गलत भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर