गुल्मीः गुल्मीमा ४० वर्ष भन्दा माथि समुहमा नसर्ने रोगहरुको स्क्रिनिङ्ग गरिने भएको छ । स्वास्थ्य कार्यालय गुल्मीले ४० वर्ष भन्दा माथिका नागरिकहरुको नसर्ने रोग सुगर, प्रेसर र मृगौला रोग स्क्रिनिङ्गका लागि शुक्रबार सदरमुकाम तम्घासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई नसर्ने (सुगर, प्रेसर र मृगौला) रोगको स्क्रिनिङ्ग कार्यक्रमका विषयमा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी गराउनुभयो । ४० वर्ष माथिका उमेर समुहमा रक्तचाप, मधुमेह र मृगौला सम्बन्धि रोगको अवस्था पत्ता लगाइ उनीहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउन यो कार्यक्रमको व्यवस्था गरिएको आचार्यले बताउनुभयो ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

आचार्यले यो कार्यक्रम स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा जिल्लाका १२ वटै स्थानीय तहमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो । शिविरमा स्क्रिनिङ कार्यक्रमसँगै नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धि परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन उद्देश्य राखिएको छ ।

 

स्क्रिनिङका लागि सम्बन्धित स्थानीय तहको समन्वयमा प्रयोगशाला सामग्री सहितको दक्ष प्रयोगशालाकर्मी र स्वास्थ्यकर्मीहरुबाट स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने आचार्यले जानकारी दिनुभयो ।  गुल्मी जिल्लामा यो कार्यक्रम मार्फत ४० वर्ष माथिका समुहका ११ हजार ४२९ संख्यामा स्क्रिनिङ गरिने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।  यस जिल्लामा स्क्रिनिङ कार्यक्रम सञ्चालनका लागि १० लाख लाग्ने बजेट अनुमान गरिएको छ ।

यो कार्यक्रम लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा सञ्चालन गरिनेछ । जसमा रोल्पामा ४० वर्ष माथि समुहका ९ हजार १७९, प्युठानमा ९ हजार १ सय ७२, पाल्पामा ११ हजार ८ सय ९, अर्घाखाँचीमा ८ हजार ९९, दाङमा ३० हजार ६२९, रुपन्देहीमा ५२ हजार ४४, कपिलवस्तुमा २७ हजार ९०९, बाँकेमा २५ हजार ८८१, बर्दियामा २१ हजार ४८०, नवलपरासी पश्चिमा १८ हजार २४६ संख्यामा स्क्रिनिङ गरिनेछ । लुम्बिनी प्रदेशमा बढ्दो क्रममा रहेको उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धि समस्याले स्वास्थ्यमा पर्ने थप जटिलता र मृत्युलाई रोकथाम नियन्त्रण र व्यवस्थापन गर्ने प्रमुख उद्देश्य रहेको आचार्यले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर