परम्परागत संस्कृति बचाउदै धुर्काेट गाउँपालिका

गुल्मी, ०१ मंसिर ।हिन्दु नेपाली हरुकाे महान पर्व दिपावली काे अबसरमा आ आफ्नै परम्परागत रुपमा खेलिने भैलाे लाेप हुँदै गर्दा गुल्मीको धुर्कोट गाउँपालिकाले भैलोप्रतियोगिता सम्पन्न गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ४ बरबाेट बाहुन गाउँ कुमारीदेवी मन्दिरमा सम्पन्न भैलो प्रतियोगितामा पालिकाका सबै वडाको सहभागिता रहेको थियो ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

जसमा वडा नम्बर १ नयाँगाउँ प्रथम, वडा नम्बर ३ हाडहाडे द्धितिय, वडा नम्बर २ पिपलधारा तृतिय एवं वडा नम्बर ४ जैसिथोक सान्त्वना भएका छन् । कार्यक्रममा सहभागि सबैलाई यातायात खर्च समेत उपलब्ध गराइएको थियो ।प्रतियोगितामा सबै वडाले मौलिक भाकामा पुराना गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

भैलोमा मारुले, भट्याउने, पुर्सुङ्गे लगायत सबैको भूमिकामा भैलेनीहरुलाई नचाइएको थियो । स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले देउँसी–भैलो प्रतियोगिताको आयोजना गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता, उपाध्यक्ष सीता गिरीको स्वागत मन्तव्य तथा स्वास्थ्य संयोजक प्रेमलाल खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय