साबित्रा पौडेल,मंसिर १३ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
गाउँपालिकाका नागरिकको सहजताको लागि एकीकृत घुम्ती शिविर मार्फत विविध सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित शिविरमा २ सय ४३ जनाले सेवा लिएका छन ।
मंसिर ५ गते गाउँपालिकाको ६ नं वडा कार्यालय दौघाबाट सुरु गरिएको शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन भएसङ्गै आज दिगाममा सञ्चालन गरेर समापन गरिएको हो ।
दिगाममा सम्पन्न शिविरमा ४६ जना नागरिकले सेवा लिएका छन । जसमध्ये १२ जनाले जेष्ठ नागरिक परिचयपत्र २३ जनाले अपांगता परिचयपत्र बनाएका छन भने १० जनाले योजना सम्झौता र १ वटा नयाँ व्यवसाय दर्ता गरिएको छ ।
यस्तै १ नं वडा कार्यालय हुगाँमा सम्पन्न शिविरमा ४४ जना नागरिकले सेवा लिएका छन । भने २ नं वडा कार्यालय पल्लिकोटमा सञ्चालन गरिएको शिविरबाट ५६ जना तथा ३ नं वडा कार्यालय हर्दिनेटामा सम्पन्न शिविरमा ३६ जना नागरिकले सेवा लिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिनुभयो ।
५ नं वडा कार्यालय मानकोटमा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ४० जना नागरिक लाभान्वित भएका छन भने ६ नं वडा कार्यालय दौघामा सम्पन्न शिविरमा २१ जना नागरिकले सेवा लिएका गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले जानकारी दिनुभयो ।
शिविरमा अपाङ्गता परिचयपत्र तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, टोल विकास संस्था दर्ता लगायतका विविध सेवाहरु उपल्ब्ध गराइएको थियो ।