मौसमविद झाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी पहाडी क्षेत्रमा बढी पर्ने

काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर जान थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका विभिन्न ठाउँमा आज पनि बिहानको समयमा हुस्सु लागेको छ । तर दिउँसोपख हुस्सु हट्ने महाशाखाले जनाएको छ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

यसैबीच भोलिदेखि मौसम बदली हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलि र पर्सि उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पर्ने सम्भावना भने कम रहेको, तर कतैकतै छिटपुट वर्षा हुन सक्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।

मौसमविद झाका अनुसार पश्चिमी वायुको प्रभाव पश्चिमी पहाडी क्षेत्रमा बढी पर्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय