कविता
(व्यग्राग्रह )
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
हाँस्दै हाँसेन
अहँ
पटक्कै हाँसेन
तिमीले देखाएको प्रहसनबाट
त्यो हिमाल
पटुकी कस्दै नकसी
चुल्ठो बाट्दै नबाटी
तिमी बहकियौ बादल जस्तै
तिमी अड्कियौ
केवल
खोँचहरुमा
जन्जिरहरूमा
पुर्खाका
ती
रक्तीम पदचापहरू सुँघेर
हिँड्यौ
र
हिँडिरह्यौ
मदिराको गन्धसङ्गै
तिमीलाई लाग्ला
तिम्रो कोट
माउजङ बाबु साहेबकोभन्दा
पृथक छैन
दुई चारवटा
चुरोटका ठुटाहरू
र
हेलान्
सुर्तिका कागजहरु
ती खल्तीहरुमा
चेतनाशून्य भएर
एउटा
व्यग्र फकिरजस्तै
तिमी
लर्खराइरह्यौ
विरोधाभाषाका
चिसा र ओसिला सडकहरुमा
सायद
तिमीसङ्ग
काँचको मुटु छ
पथ्थरको मस्तिष्क छ
र
अस्थिपञ्जरको आँखा छ
ठेँटी ठोकिएका कान
र
कपास कोचारेका नाकहरुले
देख्न, सुन्न र सुँघ्न
सक्तैसक्दैनन
तिमी
कतिञ्जेल सहन सक्छौ ?
पैतालाले आगो कुल्चेर ?
हत्केलामा
उन्यु फुलाएर ?
तिम्रो भगवानले
रगतमा नुहाउन मान्लान् ?
तिमी स्वयमले
प्राणीको फियो जलाएर
लगाउन सक्छौ
अभागी निधारमा
खस्रा तरेखुहरु ?
षडयन्त्र र पूर्वाग्रहको
दीर्घ रोग पालेर
अनि
एउटै कुवामा उफ्रिएर
सक्दैनौ पुग्न इन्द्रलोक
न त सक्छौ
दुर्योधन बनेर
द्रौपदीको धोती खुस्काउन
उफ्र र उफ्रन लगाऊ
साधुहरुलाई
काँडैकाँडाको मैदानमा
र
मार बुर्कुसी
रबरका फिताहरुमा
तिमी अवस्य
पछारिने दिन आउँदै छ
त्यही फिताबाट
तिम्रो घमण्डको
अवसान हुँदैछ ।