पर्यटन विकासको बलियो आधार मध्ये विचित्र गुफा पनि एक हो ।

 

गुल्मी जिल्लाको पर्यटन विकासको बलियो आधार मध्ये विचित्र गुफा पनि एक हो । धुर्कोट गाउँपालिकामा पर्ने विचित्र गुफा वि.सं.२०४५ सालमा पत्ता लागेको हो । तम्घासबाट करिब १८ कि.मि पश्चिम क्षेत्रमा पर्ने उक्त गुफाको बनोट हेर्दा अनौठो किसिमको लाग्ने गर्दछ ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

गुफाको तल्लो भाग लेस्याइलो माटोले बनेको छ । गुफाका दायाँ बायाँका भित्ता एवं छत विभिन्न किसिमका  चट्टान, चुनाढुंङ्गा, पारदर्शक पत्थर, नरम पत्थर, कडा पत्थर, माटो आदिले बनेको छ । गुफाका भित्ता एवं छतमा आर्कषक मुर्ति , बुट्टा तथा विभिन्न आकृतिले सिङ्गारिएकोले यसको नाम विचित्र गुफा भनिएको हो । गुफाभित्र साना ठूला गरी ११ वटा कक्षहरु रहेका छन् । ति कक्षहरुलाई विभिन्न व्यक्तिहरुले आ –आफ्नै तरिकाले नामाकरण गरेका छन् ।

अध्ययन र जानकारहरुका अनुसार गुफाभित्र विविध किसिमका धार्मिक आकृतिहरु रहेका छन् । गुफाभित्र पहिलो कक्ष : दुवै तर्फबाट कडा चट्टान, छतमा दरार एवं चुनढुङ्गा , दोश्रो कक्ष : छतमा यज्ञ मण्डपाकार आकृति, तेश्रो कक्ष : नरसिंह अवतारको आकृति , चौथो कक्ष :  शेषनागको आकृति , पाचौँ कक्ष : दाहिने तर्फबाट सम्भावित अर्का गुफामा जाने बन्द बाटो , छैटौँ कक्ष : गोकुल पुरी, देब्रे तर्फबाट स्वर्ग जाने मार्ग, छतमा श्रीकृष्ण एवं गोपिनीहरुको नृत्यको आकृति, भुईमा रहेको शालिकराममा नित्य जलधारा, कृष्णले दहि पोखेको आकृति, माथि छतको किनाराबाट भित्र सम्भावित अर्को कक्ष जहाँ हाल जान नसकिनने , सातौँकक्ष : अयोध्यापुरी, पूजा मण्डप, छतमा सुन्दर प्राकृतिक चदवाको आकृति !

आठौँ कक्ष : बैकुण्ठ हल, शेष नागको आकृति, यहाँ बाट नवौँ कक्षमा जाने दाइने र देब्रे मार्ग, नवौं : कैलाशपुरी एवं कैलाश पर्वत, दाहिने तर्फ माथि अत्यन्त शुशोभित बुट्टा मुनि गोल अनुपम आशनको सन्मुखमा प्रकृतिबाट निर्मित शिवलिंग र त्यसको देब्रे तर्फ त्यस्तै प्रकृतिमा पार्वतिको प्रतिक रहेको छ । त्यसको उत्तर पूर्वमा रावणले सितालाई हरण गरी लंका लैजादाको रथ र जटायुले माथिबाट आक्रमण गरेको मूर्ति तथा पारदर्शक पत्थर एवं विभिन्न आकृतिहरु, दशौँ कक्ष : गौमाताका थुन , गोही एवं पारदर्शक पत्थर, गुफाको अन्तिम माथिल्लो कक्ष, यहाँबाट अघि बढ्न साघुँरो बाटोको कारणले सम्भव नहुने र एघारौँ कक्षमा : आठौँ कक्षको देब्रे तर्फबाट स्वर्ग जाने बाटो, उक्त बाटोको  द्धार सानो भएकोले सबै भक्तजन त्यसबाट भित्र छिरेर अगाडि बढ्न सक्दैनन् ।

द्धारभित्रको कक्षमा सेता शिवलिंग, गोही आदिको मूर्ति, उक्त कक्षको मुखमा रामचन्द्रको धनुषवाण राख्ने शोली र गणेशको मूर्तिको आकृति गुफाभित्र रहेको पाइन्छ ।

यसरी हेर्दा गुफा साँच्चिकै मनमोहक र आकर्षित छ जहाँ धेरै प्रकारका विशेषताहरु लुकेर रहेका छन् । जसको भित्रै देखी अध्ययन गर्यो भने अझ धेरै कुराहरु पत्ता लगाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय