धुर्कोट गा.पा.०६ कमेरेपानी मा गोठ आगलागी भएको छ

हाम्रा संबाददाता धुर्काेट गा.पा.०६ कमेरेपानी मा शारदा थापा को गोठ मा आगलागी भएको छ। भैँसी लाई कुडो पकाउने क्रममा सो आगलागी भएको हो। गोठमा आगो बालेर घरमा आई चिया पकाउने क्रममा आगो लागेको थियो ।आगो को नजिकै भैँसी , बाख्राको खोर र माथि पट्टी थुप्रै घाँस, घुस्यान् भएकाले उक्त आगो लागेको हो।धनजन को क्षती नभएतापनि ५० भारी जति खर,३०भारी नल र २० भारी जती पोस्कर जलेर पुरै नष्ट भएको छ। ताला माथि टिन डाडा भाटा समेत जलेर नष्ट भएको छ।७ बजे तिर लागेको आगो करिब ५० मिनट पछि ५०/६० जना स्थानीय द्वारा नियन्त्रण मा आएको छ। उक्त गोठ बनेको करीब डेढ बर्ष मात्र भएको थियो।गोठ मा भएका १ भैँसी र पाडो ३ बोका पाठी गरी ७/८ ओटा बाख्रा लाई स्थानिय ले फुकाएर उक्त भैँसी बाख्रा हरू लाई बचाउन सकिएको हो। स्थानीय ले आगो नियन्त्रण गरी सकेपछि नजिकै रहेको प्रहरी चौकी वस्तु लाई संपर्क गरिएको हो ।सोही वडा का वडा अध्यक्ष कृष्ण ब. नेपाली र वडा सदस्य शालिकराम अर्याल लाई पनि घटना बारे जानकारी स्थानीय ले गरेका छन् ।

यो समय हावा हुरी लाग्ने र अत्यन्तै छिटो आगोले ठूलो रूप लिने भएकोले आगो बाट आफू पनि बचौ अरूलाई पनि बचाऊ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

प्रतिक्रिया

सम्बन्धित खवर