प्रधानमन्त्री ओली यही माघ ११ गते पाल्पा आउने

 

प्रधानमन्त्री केपी शर्मा ओलीको पाल्पा भ्रमण तालिका सार्वजनिक भएको छ । पाल्पाका विभिन्न कार्यक्रममा सहभागि हुने गरि प्रधानमन्त्री ओलीको पाल्पा भ्रमण तालिका सार्वजनिक भएको हो ।

धुर्काेट गाउँपालिका ४ बरबाेट

बिजुलि काे काम गर्नुपरेमा 9857089221

 

प्रधानमन्त्री ओली यही माघ ११ गते पाल्पा आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिका प्रस्थान गर्ने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

१२ः३० बजे तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबा सुरुङ्गमार्ग ब्रेक थ्रु र मन्दिर सिलान्यास तिनाउ गाउँपालिका, २ः०० बजे बुटवल गोरुसिङ्गे सडक सिलान्यास सभा जितगढीमा सहभागि हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली ३ः३० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलबाट हेलिकप्टर मार्फत काठमाण्डौ फर्कने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय