गाउँले सुटुक्क भन्यो – कैयौं पुस्तालाई जन्म दिए, कैयौंलाई कर्म दिए, सामाजिक भावना र सहयोग आदानप्रदानको कुनै गनितामनिता छैन । साझपख बास बस्न थालेका डाङ्ग्रेसङ्गै गाउँभरीका केटाकेटीको आवाज सुनेको छु, वल्लाघरमा दुख्दा पल्लाघर, माथिल्लाघर, तल्लाघर हुँदै सबैतिर दुखेको छु । धनको आशमा मन मारेर कैयौंले मलाई छोडे, छोडेका फर्किएनन, नछोडेका छोड्ने तर्खर गर्दैछन रे ! युवाको जोसलाई झेलेको छु , विकासको नाममा बारम्बार कोतरिइरहेको छु । जेनतेन गहु धान मकै फलाएको छु , सक्ने जति गरिरहेकै छु । लाग्दैछ अब त जवानी सकियो , बुढेसकालले छोएछ क्यारे, वरिपरि घुम्ने केटाकेटी छैनन, नया पालुवा पलाओस भन्दै घाँस काटिदिने युवा छैनन , खेतबारीमा अब हलो पर्न छोडिसक्यो , लाग्दैछ अब म बाझो हुन थाले क्यारे । अब त म छोराछोरी बिनाको टुहुरो जस्तो भएको छु, बुढापाकालाई जेनतेन पालिरहेकै छु, सक्ने जति गरिरहेकै छु । मेरो गाउँ कालीगण्डकी ३ सटुका स्याङ्जा❤️
ADVERTISEMENT

धुर्काेट गाउँपालिका गुल्मी