: गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला बस्ने ८० वर्षका इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताउनुभयो।
गिरीले आफ्नै घरमा आगो ताप्ने क्रममा जलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ । मृतक गिरीको घर परिवारमा उनी र भाई मात्र रहेको प्रहरीले जनाएको छ