गुल्मी १ ख मा कांग्रेसभित्र चरम विवाद  पाण्डेको नयाँ भिजनले एमाले जितको नजिक

, मंसिर १ । गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश ख बाट नेपाली कांग्रेसले अघिल्लो चुनावमा पराजित उम्मेदवार धनेन्द्र कार्कीलाई पुनः टिकट दिएको भन्दै कांग्रेसभित्रै देखिएको चरम असन्तुष्टी निर्वाचनसम्मै कायम हुने देखिएको छ ।
कांगेसभित्र चरम असन्तुष्टी कायमै रहँदा त्यसको फाईदा नेकपा एमालेका उमेदवार फर्सुराम पाण्डेलाई हुने भएको छ ।
अर्कोतर्फ एमाले उम्मेदवार पाण्डेको नयाँ भिजनले मतदातालाई थप आकर्षित गरेको छ ।
नेपाली कांग्रेसका गुल्मी १ ख का स्थानीय नेता कार्यकर्ताहरुले यसपटक पराजित उमेदवार कार्कीको सट्टा अर्को कोही उम्मेदवारलाई टिकट दिनुपर्ने माग गर्दै आएका थिए ।
पराजित उमेदवारलाई टिकट दिँदा मतदातासामु राम्रो सन्देश नजाने कांग्रेस नेता कार्यकर्ताको तर्क थियो । तर कार्कीले टिकट पाए । त्यसपछि कांग्रेसभित्र देखिएको असन्तुष्टी अहिले झनै बढेको छ ।
उता नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले आफ्नो क्षेत्रको विकासमा नयाँ भिजन ल्याएपछि मतदाता उत्साहित भएका छन ।
पाण्डेले अहिलेसम्म परम्परागत रुपमा भैरहेको विकासले गुल्मीको आमूल परिवर्तन हुन नसकेको भन्दै आफू निर्वाचित भएपछि गुल्मीको विकासले नयाँ स्वरुप पाउने प्रतिवद्धता जनाउनु भएको थियो ।
पाण्डेको ‘ग्रामिण विकासको आधारः उत्पादन र बजार’ भन्ने नारा अहिले युवाहरुका साथै स्थानीय मतदाताहरुको माझ निकै लोकप्रिय बनेको छ ।
पाण्डेले कृषिलाई उत्पादनसंग जोड्ने गरि प्रत्येक पालिकाका एक एकवटा उद्योगहरु स्थापना गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
एकातिर पाण्डेको नयाँ भिजनले जनता उत्साहित भैरहेको बेला कांग्रेसभित्र उम्मेदवारकै विषयमा विवाद र तीव्र असन्तुष्टीले नेकपा एमालेका उम्मेदवार फर्सुरामको जीत सहज भएको र धेरै मतान्तरले विजय हासिल हुने आँकलन गरिएको छ ।
गुल्मीको मूख्य समस्या बेरोजगारी रहेको बताउँदै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोड्न ‘एग्रो आर्मी’ को परिकल्पना अनुसार आफू अघि बढ्ने बताउनु भएको थियो ।
पाण्डेको नयाँ भिजन र योजनाले गुल्मी १ को निर्वाचन क्षेत्र ख मात्र होइन समग्र गुल्मीमै एमालेको पक्षमा जनलहर सिर्जना गर्न सहयोग पुगेको मानिएको छ ।
पाण्डेले मतदातासमक्ष अव कृषिमा आमूल परिवर्तन ल्याउन आर्मीको संरचना जस्तै युवाहरुको अलग कृषि बटालियन खडा गरेर कृषिमा आमूल परिवर्तन ल्याउने उद्घोष गर्नुभएको छ ।
त्यसैगरी पाण्डेले मतदाताहरुसंग विगतमा जस्तो भोट माग्न आउने र जितेपछि फर्केर नआउने परम्परा तोडिने विश्वास जनतालाई दिलाउनु भएको छ ।
पाण्डेले घरदैलो गर्दैगर्दा मतदाताले अहिलेसम्म गुल्मीको विकास कछुवा गतिमा भएको भन्दै पाण्डेले ल्याएको नयाँ सोँच र भिजनको प्रशंसा गरेका थिए ।
युवाहरु समेत पाण्डेको नयाँ भिजनबाट उत्साहित बनेका छन । स्थानीय प्रेम खनालले पाण्डेले ल्याएको नयाँ भिजनले आफूमात्रै होइन अरु धेरै युवाहरुको मन र भावना आकर्षित गरेको बताउँदै यसपटक पाण्डेको जीत निश्चित रहेको बताउनु भयो ।
पाण्डेले गुल्मीका युवालाई रोजगारीमा जोडेरै छाड्ने प्रतिवद्धता मतदातासामु गर्दै आउनु भएको छ । पाण्डेले युवालाई रोजगारी प्रदान गर्न विभिन्न सिपमूलक कार्यक्रम चलाउने प्रतिवद्धता जनाउँदै किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारको पहुँचसम्म पु¥याउने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
पाण्डेको अभियानले युवा र किसानलाई प्रत्यक्ष छोएकोले अहिले युवाहरुको ठूलो समूह पाण्डेको भिजन पूरा गराउन उहाँलाई जिताउनै पर्ने भन्दै निर्वाचनको अभियानमा कस्सिएको छ ।
उम्मेदवारको विषयमा कांग्रेसभित्र देखिएको विवाद अहिलेसम्म समाधान नहुँदा पाण्डेले आफ्नो जीत झनै फराकिलो अन्तरले बढाउने निश्चित भएको कांग्रेसका नेता कार्यकर्ता बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर