गजल
एउटा धनी बन्यो अरे तरकारी बेचेर
अर्को जोगी बन्यो आफ्नै घरबारी बेचेर
श्रम गरे धरतीमा सुन फल्न सक्छ
फकिर पनि अमिर बन्छ सुपारी बेचेर
मदिरामा लठ्ठिने उसको दिनचर्या थियो
जुवा खेल्छ भन्छन् आफ्नै सवारी बेचेर
बज्रस्वाँठ कुबाटोमा कसरी हिँड्दा हुन् ?
सबैसँगको त्यो न्यानो बफादारी बेचेर
मुछेर रगतको टीका लगाएर हाँस्दैछ
पुजारीले मन्दिरमा आफ्नै लाचारी बेचेर ।