अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा खरबारीबाट लड्दा एक जनाको ज्यान गएको छ।
छत्रदेव गाउँपालिका ८, काफलडाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धुर्काेट गाउँपालिका ४ बरबाेट
बिजुलि काे काम गर्नुपरेमा 9857089221
४८ वर्षिय बिक बिहिवार बिहान घर नजिकै घाँस काट्न गएका थिए। खरबारीमा चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागी गुल्मी जिल्ला अस्पताल लगिएको थियो। बेलुका पौने छ बजे उनलाई अस्पतालले मृत घोंषणा गरेको प्रहरीले जनाएको छ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ।