कंके देउराली मदाने गाउँपालिकाको पुर्कोट दह बजारदेखि सौतामारेतिर जाने बाटोमा कङ्के देउराली पर्छ । पहिला बाटो हिड्ने बटुवाहरू पुर्कोट दह र
अर्घाखाँची जिल्लाको हंशपुर आवतजावत गर्ने बाटोको छेउमा यो स्थान रहेको छ ।
यहाँ एउटा लाँकुरीको रुख छ । त्यसै रुखको फेदमा दुध धार दिने चलन छ ।
भक्तजनहरूले चढाएका घण्टीहरू पनि त्यहाँ वरिपरि रहेका छन । वरिपरि पर्खाल लगाएर त्यो स्थान सुरक्षित राखिएको छ ।
कङ्के देउराली नाम रहेको सन्दर्भमा यहाँ एउटा किंवदन्ती प्रचलित छ । पुर्कोट आसपासका किसानहरूले हरेक आइतवार त्यहाँ दूध धार दिँदै आएका थिए । एकदिन त्यहाँ दूध धार दिन जाँदा कुनै जनावरले त्यस ठाउँमा दिसा गरी दिएछ । यस्तो देखेपछि त्यस्तो फोहोर ठाउँमा दुध नचढाउने भनी फर्केछन् । उनीहरूले यो फोहोर गर्ने प्राणीको नाश होस् भनी सराप दिएछन् । उनीहरूले देउरालीलाई तिमी साच्चिकै शक्तिशाली हौ भने यो प्राणी मयो वा लोप भयो भने प्रत्येक मंगलवारका दिन दूध धार दिने वाचा गर्दै फर्केछन् । त्यो रातभर त्यो प्राणी देउराली वरिपरि घुम्दै क्वाङ क्वाङ गर्दै कराएछ । अर्को दिन त्यहाँ मानिसहरू जाँदा त्यो प्राणी मरेको रहेछ । यसरी क्वाङ क्वाङ गर्दै कराएको हुनाले यस ठाउँलाई क्वाडके शब्दबाट अपभ्रंश भई कके देउराली भन्न थालियो । त्यसपछि महत्व झन बढ्न थाल्यो । कंके देउराली भनी प्रचलित भयो । कङ्के देउराली एक धार्मिक तथा पर्यटकीय स्थल हो । यहाँदेखि केही माथि रहेको विशेष थान, चौरबाट वरिपरि दृश्यावलोकन गर्न सकिन्छ । यहाँवाट चारैतिरको दृष्य देख्न सकिने भएकाले यो प्राकृतिक दृश्यावलोकन स्तम्भ जस्तै छ । यहाँवाट उत्तरतिरका हिमालहरू , पहाडहरू, पूर्वतिरका पहाडी बस्तीहरू, पश्चिम, दक्षिणतर्फका मनोरम ग्रामिण बस्ती देख्न सकिन्छ । यहाँ गुराँसको जंङगल रहेको छ । चैत्र बैशाखमा ढकमक्क फुलेका गुराँसका जंडगलले यहाँको सौन्दर्य अझै थपेको छ । हाल यहाँ दृष्य धरहरा बनेको छ । सिँडीहरू निर्माण गरी वरिपरि पर्खाल घेरावार रहेको छ । नेपाल दुरसंचारको टावर लगायतका संरचना यहाँ छन् । मन्दिर र प्रतिक्षालयका निर्माण भएका छन् ।
बुटबल सन्धिखर्क हुँदै ढोरपाटन जाने सडकको पहुँचमा रहेको कके देउराली भ्रमणमा जाने यात्रीहरूको लागि सुगम बनेको छ । गुल्मी जिल्लाको सदरमुकामदेखि पनि सडक यातायात सँग जोडिएको यस ठाउँ गुल्मी, अर्घाखाँची र प्युठानको मिलन विन्द सौतामारेको नजिकै रहेको छ । मदाने गाउँपालिका केन्द्र पुर्कोट बजारदेखि करिब आधा घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । यहाँसम्म पुग्न पुर्कोट बजार देखि साना गाडी गुड्न मिल्ने सडक समेत निर्माण गरिएको छ । पुर्कोटमा स्थानीय तहका कार्यालयहरू, विद्यालय, क्याम्पस लगायत बजार विस्तार भएको छ । ठुला होटलहरूले यात्रीलाई सेवा दिईरहेका छन । कङ्के देउरालीको केही तल लालीगुराँसको जंगल रहेको छ। केही पर ठुलो खाली चौर रहेको छ । तलपट्टिको भूभागमा पानीका स्रोतहरू रहेका छन् । यहाँका जंङगलमा चितुवा, मृग, खरायो, कालिज लगायत धेरै किसिमका पंक्षीहरू बासस्थान छ। यहाँ दुईवटा पोखरीहरू छन् । यी पोखरीहरूभन्दा तल प्यूठानको सीमानामा रहेको पोखरी नजिक बराह देवताको पूजा गरिन्छ । यहाँ ब्रह्म भन्ने ठाउँ छ । पहिले पहिले माघे संक्रान्तिका दिन यहाँ ठूलो मेला लाग्थ्यो । देउराली र ब्रह्मालाई दिदी र भाइ हुन भन्ने गरिन्छ ।
अहिले कड्के देउरालीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकारले धेरै योजनाहरू कार्यान्वयनमा ल्याएको छ । यातायातको दृष्टिले पनि सुगम रहेको छ । वर्षेनी गुल्मी, अर्घाखाँची, प्यूठान लगायत विभिन्न ठाउँवाट धेरै मानिसहरू र विद्यार्थीहरू आन्तरिक पर्यटनको लागि आउने गर्छन । यसरी कके देउराली एउटा प्रसिद्ध पर्यटकीयस्थलको रुपमा विकसित हुँदैछ ।