काठमाडौंबाट धनगढी जाँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ।
२४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो।दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु आफै कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो।
चालक कैलालीको गोदावरी नगरपालिका – १ का ३६ वर्षीय रामबहादुर डाँगी प्रहरीको नियन्त्रणमा छन् ।