सन्धिखर्क ।अर्घाखाँचीमा रुख बाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ भुवनडाँडा निवासी ४८ बर्षिय लक्ष्मी पाण्डेको खन्युको रुखको घाँस काटने क्रममा लडेर मृत्यु भएको हो ।
रुखबाट लडेर गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो