गुल्मीमा उपनिर्वाचनलाई लक्ष्यित गरी मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध

गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले उपनिर्वाचनलाई लक्ष्यित गरी मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध  गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–१ को उपनिर्वाचनलाई लक्ष्यित गरी मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्न निषेध गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभएको छ ।

उपनिर्वाचनलाई केन्द्रित गरी एक सूचना जारी गर्दै गौतमले उपनिर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण रुपले सम्पन्न गर्न मङ्सिर १३ गते देखि उपनिर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको उल्लेख गर्नुभएको छ ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम उपनिर्वाचन हुने वडा मुसिकोट नगरपालिका वडा नम्बर १ भित्र मादक पदार्थ बिक्रि, वितरण, ओासारपसार तथा सवन नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी गौतमले आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको विपरित कुनै कार्य भएमा प्रचलित कानून बमोजिम कार्वाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर